२७ फाल्गुन २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
धनन्जय प्रसाद दास देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदबहाली – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

धनन्जय प्रसाद दास देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदबहाली

प्रदीप दास, रौतहट ।

फाल्गुन २७ गते, मंगलबार ।

रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा धनन्जय प्रसाद दास हाजिर भएका छन्। नगरपालिकाको कार्य सम्पादनमा लामो समयदेखिको रिक्तता अन्त्य गर्दै उहाँले मङ्गलवार एक विशेष कार्यक्रमका बीच पदभार ग्रहण गर्नुभएको हो। नगर प्रमुख प्रेमलाल साह कानु तथा उप–प्रमुख परनिया देवी पटेलले प्रमुख प्रशासकीय अधिकृत दासलाई माला, टिका र दोसल्ला ओढाई भव्य स्वागत गरेका थिए।

पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत धनन्जय प्रसाद दासले नगरपालिकाका अवरुद्ध रहेका विविध कार्यलाई तिव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेषगरी, कर्मचारीहरूको तलब भत्ता, एकल महिला भत्ता, ज्येष्ठ नागरिक भत्ता तथा बालबालिकासम्बन्धी भत्ताहरू छिट्टै वितरण गर्ने आश्वासन दिनुभयो।

यसअघि समान्य प्रशासन मन्त्रालयले संदेश यादवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। तर, केही समयअघि यादवको सरुवा भएसँगै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहँदा आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको थियो। हिन्दू धर्मावलम्बीहरूको महान् चाड होली तथा मुस्लिम समुदायको पवित्र रमजान महिनाको समयमा नगरपालिकामा नेतृत्व नभएपछि वित्तीय कार्यसम्पादन लगायत विविध प्रशासनिक प्रक्रियाहरू जटिल बन्दै गएका थिए। यही परिप्रेक्ष्यमा नगर प्रमुख साह र उप–प्रमुख पटेलको पहलमा धनन्जय प्रसाद दासलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर गराइएको हो।

नयाँ कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत दासले नगरपालिकाको वित्तीय, प्रशासनिक, सामाजिक सुरक्षा तथा विकास निर्माणका कार्यहरूलाई तीव्रता दिने बताउनुभयो। पालिकाका विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेकाले तिनलाई पूर्णता दिने प्रयासमा आफू जुट्ने उहाँको भनाइ थियो ।

उक्त स्वागत समारोहमा पालिकाका लेखा शाखा प्रमुख प्रदीप कुमार यादव, योजना शाखा प्रमुख मुकेश कुमार पटेल लगायत विभिन्न शाखा प्रमुखहरू, राष्ट्रसेवक कर्मचारीहरू, तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सबैले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्दै नगरपालिकाको कार्यप्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button