
भक्ती रिजाल
सर्लाही ।हरिवन बजार भन्दा पचास मिटर पुर्ब लोक मार्ग दक्षिण बासा टोलमा छ, असल पुर्ब प्रधानपञ्च भनेर चिनिएका चुडा बहादुर थापाको घर ।
पुरानो शैलीमा बनेको दुइतले खपडाले छाएको घरको छेउमा अर्को लमतन्न तेर्सिएको पुरानै ढर्राको काठको घर छ । त्यही घर आगनमा चुडा बहादुर थापाको दिनचर्या बित्ने गर्छ ।
मिलेको शरीर, छरितो अनि चिटिक्क परेको ज्यान, मिलेका दन्तलहर साथै मृदुभाषी बोली थापाको उच्च कोटीको परिचय हो ।
८२ बर्षको उमेरमा पनि तेजिलो हाउभाउका साथमा ठाटिएर हिड्ने थापा एउटा युगको शतिसाल प्रतिनिधि हुन । थापाले जीवन कालमा गरेका जनप्रीय कामको प्रशंसा आज पनि हुने गर्छ ।
उनले जनतालाई दिएको सेवा आज पनि स्मरणीय छ । थापाका समकालीन साथीहरु भन्छन्
“कसैलाई नबिझाउने थापाको दस बर्से न्यायपुर्ण र गर्भिलो शाषन प्रणालीको बारेमा त्यो बखतका स्थानीयले मुक्त कण्ठले प्रशंसा गर्ने गरेका छन् । रामेछाप जिल्लाको भलुवाजोरमा जन्मिएका थापा पञ्चायत कालका अशल प्रधानपञ्च भनेर चिनिने गर्थे ।
उनको ब्याक्तित्व जनता बिचमा असाध्यै लोभलाग्दो थियो, मृदुभाषी थियो र गर्भिलो थियो । चेतनाको स्तरको त्यो समय अनि समाजलाई बचाइ राख्ने थापा साँच्चै नै लौह पुरुष मानिन्छन् ।
थापालाई नजिक बाट नियालेका हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) भन्छन् -“थापा अरु प्रधानपञ्च भन्दा फरक र नरम थिए । प्रजातान्त्रिक आन्दोलनको शंखघोस भै राखेको त्यो अबस्थामा जनतालाइ झोस पोल नगर्ने र दु:ख नदिने थापाको असल स्वभावका कारणले पनि उनी हाल सम्म जनताको बिचमा लोक प्रिय भैराखेको मान्न सकिन्छ ।
जीवनको उत्कर्षमा पुगेको जवानीलाइ उनै जनताको हितमा लगाउन पछि नपर्ने चुडा बहादुर थापा सृजनाका खानी रहेको मेयर बुढाथोकीको भनाइ छ ।
जटिल समयमा लिएको जिम्मेवारीलाई नरम ढंगबाट ब्यबस्थापन गर्ने थापाको कला देखेर बिरोधीहरु पनि छक्क पर्ने गर्थे ।
२०२८ सालमा हरिवन गाउँ पञ्चायतको चुनाब मार्फत वडा नम्बर ७ मा निर्बाचित भए देखि सुरु भएको थापाको चुनाबी यात्रा निक्कै रोचक अनि घोचक छ ।
ऊ बेलामा वडामा नजिती प्रधान पञ्चमा लड्न पाइदैनथ्यो । थापा सम्झन्छन् । दुई पटक वडा सदस्यमा निर्बाचित भएपछी प्रधानपञ्चमा लडेका थापा तत्कालीन प्रधानपञ्चका उम्मेदवार तिलकराम पोख्रेलसंग एक भोटले हारेका थिए ।
थापा भन्छन् “एक भोटको महत्वले जनता बिचम स्थापित हुन मलजल गर्यो ।”
त्यस पछिको निर्बाचनमा प्रतिद्वन्द्वी तिलकराम पोख्रेललाइ भारी मतले हराउदै थापाले जनताको मन जिते । जनताले थापाले लगाएको गुन तिरे अनि चुडा बहादुर थापाको असल प्रधापञ्चको शिलशिला सुरु भयो ।
चुडा बहादुर थापा एक युगिन ब्यक्तित्व हुन भन्ने कुरामा दुइमत छैन भन्छन् थापाका समकालीन मेदिनी प्रसाद धमला,- ´जनताको कामलाइ कर्तव्य संझने थापा त्यो समयको जनताको भरोसा थिए अनि जनतालाइ स्वर्णिम युग धारण गर्न हौस्याउने एक कुसल चालक पनि थिए ।
जस्ले इतिहासलाई धमिलो पार्न कहिल्यै चाहेन अनि बिकास र स्वाभिमानलाई अभिमान पुर्बक बन्धकी हुन दिएन ।
त्यो समयको संझना लायक प्रतिस्पर्धाका हिमायती थापाले प्रधानपन्चको चुनाबमा निकटतम पतिद्वन्दी
हिमाल राजभण्डारी लाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाइ झनै निरन्तरता दिए ।
थापाले जनता प्रति देखाएको माया र सद्भावका कारण पन्चायतकालिन प्रधान पन्चको प्रजातान्त्रिक अभ्यास स्थापित गर्ने लिस्ट्मा दर्ज हुँदै गए ।
थापा सम्झन्छ्न, त्यो बेला काम गर्न सजिलो थियो, जनता सजिला थिए, कामको मुल्यांकन हुन्थ्यो अनि जनतामा बिस्वास थियो । उ बेला, राजतन्त्रले स्थापित गरेको मूल्य र मान्यता आजका दिन सम्म आइपुग्दा कतै कालो बादल भित्र बडारिएको भान हुन्छ ।
जनताको आशा पूरा भएन । ब्यक्ति धनी देश कंगाल भयो । हिजो चप्पल लाउन नपाएकाहरु आज धनी भए । प्रजानन्त्र नफापेको हो कि जस्तो लाग्न थालेको छ जनतालाई । भ्रस्टाचार बर्खाको दुबो झै मौलाएको छ ।
बेथिति, अराजकता, अस्थिरता झाँगिएको छ । राष्ट्रियता कुरुप बनेको छ । तत्कालीन राजा बिरेन्द्रको रास्ट्र प्रेम अनि जाती प्रेम बारे सस्मरण सुनाउदै थापाले भने, “राजा बिरेन्द्र सधै जनता र देश्का लागि मरिहत्ते गरेर सोच्ने महापुरुश थिए ।”
तत्कालीन अबस्थामा राजा बिरेन्द्र संग हेटौंडामा दर्शनभेट पाउदाको समय सम्झदै थापाले भने, राजाले घर,, परिवार अनि गाउको हाल खबर साथी भाइ जस्तै गरेर सोधेको शब्द ताजा भएर आउँछ ।´
रानी ऐश्वर्य संग दरबारमा थैली चडाउने अबस्थाको स्मरण गर्दै थापाले भने रानीले पनि घरको बारेमा सोध्ने गरेको र आफुले पनि ठिकै छ भनेर उतर दिने गरेको उनले संझिए ।
नेपालको राजनीतिक इतिहासमा धेरै खाले उतारचढावका बाबजुद पनि थापाले सामाजिक एकता, मेलमिलापको भाबनालाइ टुक्रन दिएनन् ।
एकत्वको अभिप्रायलाई मर्न दिएनन् र बिश्वासलाई नष्ट हुन बाट जोगाइ राखेको प्रती जनतले धन्यबाद दिने गरेको आम भनाइ छ ।
तत्कालीन अबस्थामा हरिवनका जनताको पक्षमा थापाले दिएको योगदान र उनले देखाएको बाटो अनि लिएको अपनत्व उल्लेखनीय रहेको थापाका समकालीन सहपाठीहरु मुक्त कन्ठले प्रसंशा गर्छन् ।
भर्खरै हुर्कदै गरेको त्यो बेलाको हरिवनको माटो त्यस्मा बगेका जनताका पसिना र चुडा बहादुर थापाले कोरेको मार्गचित्र एउटा युगको आलेख बनेको छ । उपबनका सुन्दर फुलहरुले प्रक्रितीको घात प्रतिघात जसो गरे पनि जोगाउने मालिको सालिनता भित्र एउटा मियो बाँचेको हुन्छ । थापा प्रती हाम्रो पनि उच्च सम्मान ।