३० फाल्गुन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा सर्लाहीमा १५ अस्पताललाई बन्द गर्न निर्देशन – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा सर्लाहीमा १५ अस्पताललाई बन्द गर्न निर्देशन

सर्लाही,१ चैत्र । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको सदरमुकाम मलंगवामा अवैध रूपमा सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिनुुभएको छ । बिहीबार साँझ प्रादेशिक अस्पतालसहित निजी अस्पताल र पोलिक्लिनिकको अनुगमन गर्दै, मुख्यमन्त्री सिंहले यी संस्थाहरूको सञ्चालन अवैध रहेको पत्ता लगाएपछि बन्द गर्न आदेश दिनुुभएको हो ।

संचालित १५ अस्पताल र पोलिक्लिनिकमा ‘मैक्स हस्पिटल’, ‘मिथिला डेन्टल क्लिनिक’, ‘दिनकर अस्पताल’, ‘रामावतार पेन पारालाइसीस सेन्टर’, ‘क्ल्याण हेल्थ केयर’, ‘शीतल डेन्टल केयर’, ‘चन्द्रकला पोलिक्लिनिक’, ‘इन्डो नेपाल आँखा अस्पताल’, ‘कान्तिपुर डेन्टल र एक्सरे क्लिनिक’, ‘प्रेमा हेल्थ क्लिनिक’, ‘सर्लाही कम्युनिटी हेल्थ केयर’, ‘गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र’, ‘सर्लाही पोलिक्लिनिक’, ‘सिद्धिदाता हेल्थ केयर’ र ‘देवश्री पोलिक्लिनिक’ रहेका छन्।

साथै, अस्पताल सञ्चालनका लागि अनुमति लिएका जयश्री ओम हेल्थ केयर प्रालि, श्री तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र श्री ब्रह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र अनुमति नवीकरण गर्न निर्देशन समेत मुख्यमन्त्री सिंहले दिनुुभएको छ ।
उहाँले प्रादेशिक अस्पताल मलंगवाको समेत अनुुगमण गर्नुुभएको छ । अनुगमनको क्रममा प्रादेशिक अस्पतालमा बिरामीलाई निःशुल्क खुवाइने खाना अस्वस्थकर रहेको पाइएको छ । उहाँले अस्पतालका प्रमुखलाई क्यान्टिनमा सुधार गर्ने आदेश दिइएको छ। साथै, आकस्मिक कक्षमा आवश्यक जनशक्ति पूर्ण रूपमा परिचालन गर्न र अन्तरङ्ग कक्षका लागि सूचीबद्ध एम्बुलेन्स चालकका नाम हटाउनसमेत निर्देशन दिइएको छ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता औंल्याउँदै, आगामी दिनमा यस प्रकारका अनुगमन र सुधारात्मक कार्यहरू जारी राख्ने बताउनुभएको छ। यस निर्णयले प्रादेशिक अस्पताल र निजी अस्पतालहरूको सेवा प्रवाहमा पारदर्शिता र गुणस्तर बढाउन मद्दत पु¥याउने जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन(सुुजन) यादवले विश्वास व्यक्त गर्नुुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button