एसईईमा चिट गराउने शिक्षकलाई कडा कर्वाही गरिने मुख्यमन्त्री सिंहको भनाई

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले एसईईमा चिट गराउने शिक्षकलाई कडा कार्वाही गर्ने बताउनुभएको छ ।
जनमत पार्टी बलरा नगर कमिटी द्वारा आयोजित होली मिलन कार्यक्रम लाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री सिंहले मधेश प्रदेशको शिक्षाको अवस्था दिन प्रतिदिन कमजोर हुदै गएकोले विद्यार्थीहरु एसईईमा चिट चोर्दा विद्यार्थीहरीलाई एक्सपेल्ड नगरी सम्बन्धित परिक्षा केन्द्रका गार्ड तथा केन्द्राध्यक्षलाई कार्वाही गरिने बताउनुभयो ।
उहाले अभिभावकहरु पनि यो विषयमा सचेत बन्नुपर्छ शिक्षकले विद्यार्थी पास गराउने जिम्मेवारी लिएर अभिभावक सँग रकम असुल्ने गरेको हुदाँ अभिभावकलाई त्यस्तो किसिमको रकम नदिन पनि मुख्यमन्त्री सिंहले आग्रह गर्नुभयो ।
उहाँले मधेश प्रदेशको अस्पतालहरुको पनि निरन्तर अनुगमण गरिने र अबैध ठहरिएमा त्यस्तो अस्पताललाई बन्द समेत गरिने बताउनुभयो ।
मुख्यमन्त्री सिंहले हुलाकी राजमार्ग अन्तर्गत रहेको बडहरवा छतौना स्थित रहेको बागमतीपुलको निरीक्षन समेत गर्नुभयो ।