२ भाद्र २०८२, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गौर घटनामा सर्वोच्चको जालझेलपूर्ण परमादेशविरुद्ध जसपा नेपालको सर्लाहीमा विरोध प्रदर्शन – Nigrani Today
ताजा खबरमधेश प्रदेश

गौर घटनामा सर्वोच्चको जालझेलपूर्ण परमादेशविरुद्ध जसपा नेपालको सर्लाहीमा विरोध प्रदर्शन

‎गौर घटनाको छानबिन गर्ने नाममा सर्वोच्च अदालतले दिएको जालझेलपूर्ण परमादेशले मधेश जनविद्रोह र सहिदहरूको बलिदानमाथि आघात पुगेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, सर्लाहीले सोमबार विरोध प्रदर्शन गरेको छ।

‎विरोधमा सहभागीहरूले  “मधेश जनविद्रोह हाम्रो पहिचान हो”, “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए। उनीहरूले इन्सेकसहितका मानवअधिकार संस्थाले सार्वजनिक गरेका प्रतिवेदनलाई बेवास्ता गर्दै आएको सर्वोच्च अदालतको दृष्टिकोणले मधेशी जनताको संघर्षप्रति अन्याय गरेको आरोप लगाए।

‎विरोधसभामा जसपा नेपालका पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानले गौर घटना केवल राजनीतिक झडप नभई मधेश आन्दोलनकै निर्णायक मोड भएको उल्लेख गर्दै सहिदको बलिदानलाई न्याय नदिने न्यायालयको आदेशलाई अस्वीकार गर्ने चेतावनी दिए। उनीहरूले भने, “गौर घटना मधेश आन्दोलनसँग प्रत्यक्षरूपमा जोडिएको ऐतिहासिक सत्य हो, यसलाई तोडमोड गर्न सकिँदैन।”

‎ घटना भएकाे झण्डै १९ बर्ष पछि राजनिति पुर्वाग्राही राखि मुलुकमा संघियता र पहिचानकाे मुद्दा समाप्त पार्न राज्यले अदालतकाे प्रयाेग गरि षडयन्त्र गरेकाे जसपाका नेता बिजय यादवले आराेप लगाए ।


‎२०६३ साल चैत्र ७ गते गौरमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button