२४ भाद्र २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रधानमन्त्रीको राजीनामापछि जेनजीलाई बालेनको आग्रह ‘संयमित रहनुहोस् – Nigrani Today
ताजा खबर

प्रधानमन्त्रीको राजीनामापछि जेनजीलाई बालेनको आग्रह ‘संयमित रहनुहोस्

काटमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालदेन शाहले आन्दोलनरत जेनजी पुस्तालाई संयमित हुन आग्रह गरेका छन् । उनले आन्दोलनरत पक्षलाई वार्ताका लागि तयार रहन समेत आग्रह गरेका छन् ।

बालेनले सामाजिक संजालमा लेख्दै जेनजी पुस्तालाई सेना प्रमुखसँग वार्ताका लागि तयार रहन र वार्ताभन्दा पहिले संसद विघटन भएको सुनिश्चित गर्न आग्रह गरेका छन् । बालेन तिनै पात्र हुन् जसलाई जेनजी आन्दोलनकारीहरुले आफ्नो आन्दोलनको नेतृत्व लिइदिन आग्रह गरिरहेका छन् ।

बालेनले लेखेका छन् ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेन जी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला । देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।’

उनले अगाडि लेखेका छन् ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला । साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button