२ जेष्ठ २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमाले सर्लाही जिल्ला कमिटीको ८औं अधिवेशनमा विवाद – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

एमाले सर्लाही जिल्ला कमिटीको ८औं अधिवेशनमा विवाद

मलंगवा ,७ फाााागुन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) सर्लाही जिल्ला कमिटीको ८औं अधिवेशनमा विवाद भएको छ । विवादका वीच सर्वसम्मती भन्दै अध्यक्ष मण्डलले जिल्ला कमिटीको घोषणा गरेको छ ।

सर्लाही सदरमुकाम मलंगवामा आज सम्पन्न जिल्ला अधिवेशनमा केन्द्रीय सदस्य एवं अध्यक्ष मण्डलका सदस्य रिता साहले असहमती जनाएकी छन् । जिल्ला कमिटीको घोषणा हुदै गर्दा साह बन्दसत्र छोडेर हिडेकी छन् ।

सञ्चारकर्मीसंग कुरा गर्दै साहले असक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउँदा पार्टी कमजोर हुने देखिएकाले आफ्नो सहमती नरहेको बताईन् । सर्वसम्मतको नाममा असक्षम व्यक्तिलाई जिल्ला अध्यक्ष बनाईएको भए पनि आफ्नो सहमती नभएको उननले बताईन् ।

‘विधि, प्रक्रिया नै छैन् । प्रतिनिधि छनौट पनि एकलौटी गरिएको छ । एमाले र पूर्वमाओवादीका नेतालाई समेत समेटेर एकता झल्किने गरी कमिटी निर्माण गर्नुपर्नेमा त्यस्तो देखिएको छैन्’ साहले भनिन् ।

अध्यक्ष मण्डलमा कमला महतो, बद्री न्यौपाने, रञ्जना सरकार, कल्पना कटुवा, रिता साह, रामऔतार यादव रहेका छन् । अध्यक्ष मण्डलले प्रक्रिया समेत नपुर्याई मनोमानी रुपमा कमिटीको घोषणा गरेको आरोप साहको छ ।

अध्यक्ष मण्डलले पार्टीको अध्यक्षमा राजनारायण साह, उपाध्यक्ष विदुर प्याकुरेल, सचिव केदार खत्री, सहसचिवमा प्रकाश थापा नाम घोषणा गरिएको छ । पदाधिकारी सहित सदस्य १४९ सदस्यीय हुने भनिएको छ । तर विवाद उत्पन्न भएपछि अध्यक्ष मण्डलले सदस्यको नाम घोषणा गर्न सकेन् ।

जिल्ला अधिवेशन उदघाटन गर्न पार्टी महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, केन्द्रीय सदस्य ज्वाला साह लगायतका नेताहरु मलंगवा पुगेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.