२१ आश्विन २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
‎जसपा नेपाल मधेश प्रदेश समितिको अधिवेशन असोज २७ देखि जनकपुरधाममा हुने – Nigrani Today
ताजा खबर

‎जसपा नेपाल मधेश प्रदेश समितिको अधिवेशन असोज २७ देखि जनकपुरधाममा हुने


‎सर्लाही, १२ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिको अधिवेशन यही असोज २७ र २८ गते जनकपुरधामस्थित निधि भवनमा हुने भएको छ ।

‎प्रदेश समिती अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले अधिवेशनको मिति टुंगो लगाएको हो । अधिवेशनमा करिब ७ सय प्रतिनिधिहरूको सहभागिता रहने र उनीहरूले प्रदेश समितिको अध्यक्षसहित ५१ सदस्यीय पदाधिकारी छनोट गर्ने जनाइएको छ ।

‎यस अधिवेशनमार्फत अध्यक्ष १, उपाध्यक्ष ३, मुख्य सचिव १, सचिव ३, कोषाध्यक्षसहित बढीमा ५१ सदस्य निर्वाचित हुने प्रक्रिया रहनेछ ।

‎यसअघि भदौ २२ र २३ गते हुने भनिएको अधिवेशन जेन-जि आन्दोलनका कारण स्थगित भएको थियो । बैठकले असोज २७ र २८ गते अधिवेशन गर्ने निर्णय गरेको जसपा नेपाल मधेश प्रदेश समितिले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button