२० आश्विन २०८२, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सरुवा भएका प्रशासकीय अधिकृतलाई बिदाइ – Nigrani Today
ताजा खबरस्थानीय

जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सरुवा भएका प्रशासकीय अधिकृतलाई बिदाइ

सर्लाही, असोज १२ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कार्यरत प्रशासकीय अधिकृत सुरेश प्रसाद दासलाई सप्तरीको छिन्नमस्ता गाउँपालिका सरुवा भएसँगै बिदाइ गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्री तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यालयमा आयोजित “फेरि भेटौला” कार्यक्रममा दासलाई बिदाइ गरिएको हो ।

कार्यक्रममा वक्ताहरूले कार्यालयमा कार्यरत रहँदै दासले देखाउनुभएको सक्रियता, सरल स्वभाव र सेवाप्रति समर्पणलाई प्रशंसा गर्दै उहाँको आगामी कार्यकालमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button