सरकारद्वारा अस्थायी, करार एंव ज्यालादारी कर्मचारीको कटौती गरिएकोमा आजपा प्रबक्ता साहको आपत्ति

सर्लाही । आम जनता पार्टी (आजपा) का प्रबक्ता चन्द्रभुषण साहले सरकारद्वारा अस्थायी, करार एंव ज्यालादारी कर्मचारीको कटौती गरिएकोमा आपत्ति जनाएका छन ।
सरकारी घरमा मासुभात र जनताको घरमा आँसुभात कहिलेसम्म भन्दै उनले प्रधानमन्त्री सुशील कार्कीसंग प्रश्न गरेका छन ।
मितव्ययीताको नाममा अस्थायी, करार एंव ज्यालादारीमा काम गरिरहेका गरिब जनताको छोराछोरीलाई चाडबाडको मुखमा जागिरबाट निकाल्दै गर्दा प्रधानमन्त्री, मन्त्री लगायत देशका अन्य वरिष्ठतम् शासक प्रशासकज्यूहरुले ८ महिना काम गरेर दशैं भत्ता सहित १३ महिनाको तलब बुझ्ने विभेदकारी लुटेरा परम्परा यसपालीको राष्ट्रिय शोक र संकटको समयमा पनि किन जारी रह्यो ? भन्दै आजपा प्रबक्ता साहले प्रश्न गरेका छन ।
`प्रमज्यू! हजुरहरुले मितव्ययीताको नाममा करार र दिनगन्ती (दैनिक ज्यालादारी) मा काम गरिरहेका गरिब जनताको छोराछोरीलाई चाडबाडको मुखमा जागिरबाट निकाल्दै गर्दा मन्त्री – प्रधानमन्त्री लगायत देशका अन्य वरिष्ठतम् शासक प्रशासकज्यूहरुले ८ महिना काम गरेर दशैं भत्ता सहित १३ महिनाको तलब बुझ्ने विभेदकारी लुटेरा परम्परा यसपालीको राष्ट्रिय शोक र संकटको समयमा पनि किन जारी रह्यो ?´ सामाजिक संजाल फेसबुकमा साहले लेखेका छन् ।