सर्लाहीमा बाढीले ठुलो क्षति, १६१९ घरधुरी विस्थापित — राहत वितरण कार्य जारी

अविरल वर्षा र बाढीका कारण सर्लाही जिल्लाका विभिन्न स्थानहरूमा ठुलो जनधनको क्षति भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार हालसम्म जिल्लाभर १६१९ घरधुरी विस्थापित भई सुरक्षित स्थानमा बसोबास गरिरहेका छन्।यसैगरी शनिवार देखि आइतवार सम्म परेको अविरल वर्षाले सर्लाहीमा करोडौँको क्षति भएको छ । वर्षाले अधिकांश किसानको धान, तथा नगदे बालीमा क्षति पुर्याएको छ । नगदे बाली अन्तर्गत दल्हण र उखु बालीमा पनि ठुलो क्षति भएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ का किसान लालबाबु ठाकुरको ८ कट्ठाको पाकेको धान पानीमा नष्ट हुन लागेको छ । त्यस्तै अर्का किसान रमेश यादवको १ बिगाहा उखु बाली पानी सँगै आएको हुरीले क्षति गरेको छ । यसैगरी सर्लाही भरिनै हजारौँ किसानको बालीमा क्षति पुगेको छ ।यसैगरी दुई दिन देखिको अविरल बर्षाले सर्लाही जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
तयस्तै चक्रघट्टा गाउँपालिका–१ पडरियामा मात्रै २० वटा कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विभिन्न पालिकामा सयौं घरहरूमा पानी पसेको र सामान्य क्षति भएको तथा स्थानिय १९ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो ।यसैगरी कौडेना गाउँपालिका–३ मा हुलाकी सडकखण्डको करिब १५० मिटर भाग लखन्देही खोलाले कटान गरेपछी सो राजमार्ग बन्द रहेको र मर्मत कार्यका लागि स्थानीय जनप्रतिनिधिसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । यसैगरी चक्रघट्टा गाउँपालिका वडा नं. ५ पडरिया स्थित फेकन यादवको कुखुरा फार्ममा पानी पसी तयारी कुखुरा अन्दाजीं. ५०० वटा मरेको , सोही ठाउँ बस्ने जय कमल यादवको कुखरा फार्ममा पानी पसी कुखुराको चल्ला . १,०००।– वटा मरेको, रामनारायण साहको कुखरा फार्ममा पनि पानी पसी कुखुराको चल्ला अं. ५००÷६००।– वटा मरेको र सर्लाही पर्सा गा.पा. १ सितलपुर बस्ने दुलारी मण्डलको कुखरा फर्मा पानि पसी २०००।– कुखराको चल्ला मरी लाखौको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सर्लाही जिल्लाको कौडेना गाउँपालिका–७ शिवनगर र वडा नं. ५ छपकैया स्थित बाढीपीडित परिवारहरुलाई गाउँपालिकाद्वारा राहत वितरण गरिएको छ । कौडेना गाउँपालिका–७ शिवनगर मा १३७ घरधुरीलाई प्रत्येक घरमा चिउरा, चिनी र दालमोठ गरी २.५ के.जि.का दरले राहत वितरण गरिएको थियो । वडा नं. ५ छपकैया मा ५८ घरधुरीलाई प्रत्येक घरमा चिउरा ५ के.जि., चाउचाउ ४ पिस, बिस्कुट ४ पिस, पानी १ बोतल, दालमोठ १ प्याकेट र भुजा १ प्याकेटका दरले राहत वितरण गरिएको थियो । गाउँपालिकाले निरन्तर वर्षा र बाढीका कारण प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउँदै जाने जनाएको छ ।
त्यस्तै चक्रघट्टा गाउँपालिका वडा नं. ७ चैनपुर स्थित रहेको जय माँ भवानी पि.एस. ईट्टा उद्योगको ईट्टा पोल्ने मियान घर भत्की करिबं.२०लाख बराबरको क्षेती भएको छ ।यसैगरी आज सोमवार ब्रहम्पुरी गाउँपालिका वडा नं. १ मा १० घर धुरी धर्मशालामा बसेका,बलरा न.पा.–५ अर्नाहा ५०।५५ घर धुरी घरहरुमा पानि जमेर बस्न नमिल्ने भएकोले आफन्तहरुको घरमा गई बसेको , कौडेना गा.पा–३ पर्सा टोल ५० घर धुरी घरहरुमा पानि जमेर बस्न नमिल्ने भएकोले ४० घर धुरी आफन्तहरुको घरमा गई बसेको र १० घर धुरी नजिकै शैलेस महाराज मन्दिरको धर्मशालामा बसेको ,कौडेना गा.पा.–५ छपकैया टोलको २५ घर धुरी पानि जमेर बस्न नमिल्ने भएकोले आफन्तहरुको घरमा गई बसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी राईले जानकारी दिनुभयो ।