
सर्लाही, २४ असोज । सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिका बाढीबाट प्रभावित घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । हालैको बाढीबाट प्रभावित हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका २२ घरपरिवारलाई खाद्यान्न, भाँडाकुँडा, त्रिपाल, झुल र कम्बललगायतका राहत सामग्री वितरण गरिएको छ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल, बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजÞगार प्रवर्धन केन्द्रको सयुक्त समन्वयमा राहत सामग्री वितरण गरिएको छ । राष्ट्रिय रोजÞगार प्रवर्धन केन्द्रका कार्यक्रम व्यवस्थापक रामकुमार यादवले यस्तो सहकार्यले विपद् प्रभावित परिवारलाई तत्कालिक राहत पु¥याउने मात्र नभई आगामी दिनमा पनि समुदायमा आपत्कालीन व्यवस्थापन र सहकार्यको उदाहरण स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो।
बागमती सेवा समाज नेपालका परियोजना प्रमुख भरतकुमार कार्कीले “प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व भएको बताउनुभयो। उहाले यो सहयोगले प्रभावित समुदायलाई पुनः सामान्य जीवनमा फर्किन सघाउनेछ।” बालबालिकाको स्वास्थ्य, पोषण र सुरक्षित वातावरणमा योगदान पु¥याउने विश्वास गरेका छौं।” यसले समुदायमा एकता र भरोसा बढाएको कार्कीले बताउनुभयो ।
अलाउँदिन अन्सारी बाढी प्रभावित परिवारका सदस्य भन्नु हुन्छ “हामीलाई बाढीले घरबारसहित सबै डुबायो। आज यो सहयोगले हामीलाई तत्काल खान, बस्न र बालबालिकालाई सुरक्षित राख्न मद्दत गरेको छ। यस समर्थनका लागि हामी अत्यन्तै आभारी छौं।”
राहत वितरण कार्यक्रममा डब्लु भिआइ नेपालका प्रतिनिधि तथा दुवै संस्थाका प्रतिनिधिको उपस्थिति र स्थानीय सरकारवालाहरूको उपस्थिति रहेको थियो । यस सहयोगले बाढी प्रभावित परिवारलाई तत्काल राहत मात्र नभई भविष्यमा पनि पुनःस्थापित हुन आत्मबल प्रदान गरेको छ। बागमती सेवा समाज नेपाल, डब्लु भिआइ नेपाल, र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले बाल संरक्षण, पोषण र जीविकोपार्जनका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।