२२ आश्विन २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मधेशका मुख्यमन्त्रीमा कृष्ण प्रसाद यादवलाई नियुक्त गर्न माग – Nigrani Today
ताजा खबर

मधेशका मुख्यमन्त्रीमा कृष्ण प्रसाद यादवलाई नियुक्त गर्न माग

नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री बनाउनु पर्ने दाबी सहितको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।यसरी दाबी गर्ने दलहरूमा मधेश प्रदेशका सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव, नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव र जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव रहनु भएको हो ।तीनै दलका संसदीय दलका नेताहरूले हस्ताक्षर गरेर बुझाउनु भएको दाबी पत्रमा आफूहरूसँग बहुमत भएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मधेश प्रदेश सरकारका मुख्यमन्त्री नेपाली काँग्रेसका संसदीय दलका नेता यादवलाई नियुक्त गर्न माग गरेको छ ।मधेश प्रदेश सभामा नेकपा एमालेका २३, नेपाली काँग्रेस २२ र जनमताका १३ गरेर ५८ जना रहेकाले सभामा कायम रहेको कूल सदस्य सङ्ख्याको बहुमत भएकाले नयाँ सरकार गठनका लागि माग दाबी गरेको नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले जानकारी दिनु भयो ।मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी मधेश प्रदेशको राजधानी जनकपुरधाम भन्दा बाहिर भएकाले प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवलाई सो दाबी पत्र बुझाउने काम भएको हो । रौतहटको निर्वाचन क्षेत्र नंं १ को प्रदेश सभामा नेपाली काँग्रेसका तर्फबाट कृष्ण प्रसाद यादव निर्वाचित हुनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button