३० कार्तिक २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हामी सबैको आवाज नेपाल संस्था द्वारा एक जना विपन्न परिवारलाई सहयोग – Nigrani Today
ताजा खबरसमाजस्थानीय

हामी सबैको आवाज नेपाल संस्था द्वारा एक जना विपन्न परिवारलाई सहयोग

सञ्जय गुप्ता, सर्लाही २८ गते कार्तिक ।  गोडैता नगरपालिका–६ रामबन मा हामी सबैको आवाज नेपाल संस्थाद्वारा सञ्चालित सहयोग वितरण कार्यक्रम सम्पन्न भएको छ। रामचन्द्र रामको आर्थिक अभाव र दैनिक जीवनमा कठिनाइ भोगिरहेका स्थानीय विपन्न परिवारहरूको सहायताका लागि संस्थाले सञ्चालन गरेको “सूक्ष्म राहत तथा सहयोग वितरण कार्यक्रम” आज सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा संस्थाले लक्षित लाभग्राहीलाई करिब १०,०५५ रुपैयाँ बराबरको ‘सुख–साराध’ काे लागी गरेको आयोजक समितिले जानकारी दिएको छ। संस्थाका प्रतिनिधिहरूका अनुसार यो सहयोग विशेषगरी आर्थिक कठिनाइ झेलिरहेका असहाय तथा विपन्न परिवारहरूको तत्काल आवश्यकता पहिचान गरी प्रदान गरिएको हो। सहयोग प्राप्तकर्ताले दैनिक उपयोगका सामग्री तथा आवश्यकताअनुसारको राहत पाएपछि कृतज्ञता व्यक्त गरेका छन्।

यस सामाजिक कार्यक्रममा ,रेडियो स्मार्ट को संचालक संजय बानियाँ आशिक पटेल, पूरसोतम साह लगायत स्थानीय सक्रिय अभियन्ताको उल्लेखनीय योगदान रह्यो। उनीहरूले सामुदायिक उत्थान, मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका लागि यस प्रकारका पहलले महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे। आयोजक तथा सहभागीहरूले विपन्न र सीमान्तकृत समुदायलाई निरन्तर राहत र सहयोग आवश्यक रहेको भन्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाए।

स्थानीय बासिन्दाले हामी सबैको आवाज नेपाल संस्थाले गरेको यो कदमलाई अत्यन्त सराहना गर्दै यसले समुदायमा सकारात्मक ऊर्जा फैलाएको बताएका छन्।

उनीहरूले दातृ निकाय, संस्था तथा व्यक्तिहरूलाई यस्तो सामाजिक अभियानलाई निरन्तरता दिन अपिल समेत गरेका छन्।
सहयोग वितरण कार्यक्रमले स्थानीय तहमा मानवीयता र समाजसेवाप्रतिको जागरण बढाएको भन्दै सबै पक्षले यसलाई सफल सामाजिक योगदानका रूपमा लिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button