६ मंसिर २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपूर्वा र पर्सामा बाल दिवस मनाइयो – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

हरिपूर्वा र पर्सामा बाल दिवस मनाइयो

सर्लाही, ४ मंसीर।अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२५ को अवसरमा “मेरो दिन, मेरो अधिकार” भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी सर्लाहीमा भब्य रुपमा सम्पन्न गरिएको छ ।

बागमती सेवा समाज नेपाल, सर्लाहीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा संचालन गरिरहेको बाल समृद्धि र एकीकृत बिकासका लागि हातेमालो परियोजना अन्तर्गत पर्सा गाउँपालिकाको पब्लिक माध्यमिक विद्यालय, पर्सा ५ मा हाजिरीजवाफ, सामान्य ज्ञान प्रतियोगिता आयोजना गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक चेतनारायण बैठाको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा विद्यालयका विभिन्न तहका ५ वटा समूहमा विद्यार्थीहरु सहभागी भएका थिए । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नारालाई सफल बनाउन र समुदाय स्तरमा बाल अधिकार सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बिजेता हुने प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई कापी, डटपेन, ज्यामिती बाकस आदि स्टेशनरी सामाग्री पुरस्कार वितरण गरिएको जानकारी बागमती सेवा समाज नेपालका सामुदायिक परिचालक नबल किसोर साहले जानकारी दिनुभयो ।

यसैगरी सोही दिन हरिपूर्वा नगरपालिकाको केश्वर गरीब जनता माध्यमिक विद्यालय, हरिपूर्वा ५ मा समेत हाजिरीजवाफ प्रतियोगिता संचालन गरिएको कुरा संस्थाका सामुदायिक परिचालक अशोक भण्डारीले जानकारी दिनुभयो ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार ठाकुर लगायत् विद्यालयका शिक्षक शिक्षिकाहरु सहभागी रहनुभएको थियो । प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरुले सहभागिता जनाएका थिए भने बिजेताहरुलाई ब्यवस्थापन समिति अध्यक्ष यादव, प्रधानाध्यापक ठाकुर सहितले पुरस्कार बितरण गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button