
सर्लाहीको ईश्वरपुर नगरपालिकामा निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन भएको छ। नेपाल नेत्र ज्योति संघ चितवन/सर्लाही, भरतपुर आँखा अस्पताल चितवन र ईश्वरपुर नगरपालिकाको संयुक्त आयोजनामा उक्त निःशुल्क आँखा शिविर सञ्चालन हुन लागेको हो।
शिविरमा विशेषगरी मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया भइरहेको आयोजकले जनाएको छ।
आज, भोली र पर्सि सम्म गरि तीन दिन सञ्चालन हुनेछ। शिविरको स्थान आँखा उपचार केन्द्र, ईश्वरपुर–१, सर्लाही तोकिएको छ।
आयोजक संस्थाले दृष्टि कमजोर भएका, मोतियाबिन्दुका समस्या भोगिरहेका तथा आर्थिक अभावका कारण उपचारबाट वञ्चित बिरामीहरूलाई शिविरमा सहभागी गराईएको जनाए ।



