१८ मंसिर २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरमा पनि ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुरमा पनि ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सर्लाही,१७ मंसिर । सर्लाहीको हरिपुरमा पनि ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०२५ “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको सम्बर्धन” भन्ने मूल नाराका साथ हरिपुर नगरपालिका अन्तर्गतका  दुईवटा स्रोत विद्यालयका अपाङ्गता भएका बालबालिकाहरूबीच विभिन्न फरक फरक अपाङ्गमैत्री खेलहरु सम्पन्न गरी भव्य रुपमा दिवस मनाइएको छ।

ग्रामीण नारी उत्थान सङ्घ, सेभ द चिल्ड्रेनको संयुक्त साझेदारी तथा हरिपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र  वडा नम्बर ९ स्थित श्री जनता प्राथमिक विद्यालय ढापटोलको मुख्य आयोजनामा भएको थियो।

हरिपुर नगरपालिका अन्तर्गत रहेका दुईवटा स्रोत विद्यालय श्री महावीर जनता माध्यमिक विद्यालय हरिपुर २ का इच्छुक आठजना दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाहरू बीच डोरी दौड प्रतियोगिता भएको थियो ।

श्री जनता प्राथमिक विद्यालय हरिपुर ९, ढापटोलका इच्छुक आठजना बहिरा अपाङ्गता भएका बालबालिकाहरू बीच चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो। कार्यक्रम स्रोत विद्यालय एवम् श्री जनता प्राथमिक विद्यालय हरिपुर ९ ढापटोलका प्रधानाध्यापक  सत्यनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

“दुईवटा स्रोत विद्यालयका बालबालिकाहरू बीच एकै स्थानमा फरक फरक अपाङ्गमैत्री खेल लाई प्रदर्शन र प्रवर्द्धन गर्दै, विगतका वर्ष झैँ यसपालि पनि निरन्तरता दिँदै लगेकोमा RWUA संस्था प्रति सदैव कृतज्ञ र धन्यवाद व्यक्त गर्नुभएको थियो।

संस्थाले निरन्तर रूपमा विभिन्न  अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच तथा स्वास्थ्य र सरसफाई समेत सुरक्षाका क्षेत्रमा समेत उल्लेख्य रूपमा सहयोगी भूमिका निर्वाह गरेकोमा स्रोत विद्यालयका प्रधानाध्यापक  चौधरीले विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो।

डोरी दौड प्रतियोगितातर्फ दृष्टिविहीन बालबालिका अन्तर्गत पाँचजना बालक तीनजना बालिका एवं चित्रकला प्रतियोगितातर्फ छ जना बालक र दुईजना बालिका सहभागी भएका थिए। खेल कार्यक्रममा सहभागी सबैको लागि समान रूपले शैक्षिक सामग्री कपी र बल पेन प्रदान गरिएको थियो।

कार्यक्रममा बाल समूह  तथा अपाङ्गता भएका बालबालिकाहरूको तर्फबाट इच्छा बस्नेतले “हामी अपाङ्गता भएका बालबालिकाहरूका निम्ति वर्षमा एक दिन मात्र नभएर अन्य दिनहरुमा समेत हाम्रा विद्यालयहरु, स्थानीय सरकार र सरोकारवाला संघसंस्थाहरूले आफ्ना वार्षिक रूपमा हुने कार्ययोजनाहरू मै  कार्यक्रम र बजेटलाई प्राथमिकीकरण गरेर अन्य दिनहरूमा पनि राखिदिनुहुन” अनुरोध गरेकी थिइन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button