१८ मंसिर २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो – Nigrani Today
समाचारसमाजस्थानीय

सर्लाहीमा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सर्लाही,१७ मंसिर। सर्लाहीमा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । सर्लाहीको मलंगवा, चन्द्रनगर लगायत जिल्लाका विभिन्न स्थानमा बुधबार  अपाङ्गता दिवस मनाइएको छ ।
जिल्लाको चन्द्रनगर गाउँपालिकामा“अपाङ्गता–समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन” भन्ने राष्ट्रिय नाराका साथ  दिवस मनाइएको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा “Fostering Disability-Inclusive Societies for Advancing Social Progress” (सामाजिक प्रगतिका लागि अपाङ्गता–समावेशी समाज निर्माण) रहेको छ । सो अवसरमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, सहभागिता र समावेशीकरणका विषयमा छलफल गरिएको अपाङ्गता भएका व्यक्ति तथा समाजसेवी युवा शिवनाथ राउत काहारले जानकारी दिए ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू, स्थानीय , सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिलाई समाजको मूलधारमा समावेश गर्दै उनीहरूको क्षमता र योगदानको सम्मान गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button