चिल्ड्रेन किङ्गडम एकेडेमीमा बालमैत्री शिक्षा

सर्लाही ,२६ मंसिर । सर्लाहीको मलंगवा नगरपालिका–१२, गमहरिया स्थित चिल्ड्रेन किङ्गडम एकेडेमीले तेस्रो खेलकुद दिवस–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ। दिवसको अवसरमा संस्थापक भरत यादवकाले नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन हुने एकेडेमीले बालमैत्री शिक्षालाई प्राथमिकता दिएको छ। उनले आगामी दिनमा कक्षा विस्तार गर्दै लैजाने योजनाबारे जानकारी गराउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
स्कुलका प्रध्यानध्यापक प्रकाश प्रसाद मसीहाका अनुसार खेलकुद दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोहन गरिएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पुरस्कार वितरण गरिएको थियो ।
शुक्रबार एक विशेष समारोहका बीच दिवसको कार्यक्रम सम्पन्न गरिएको हो।कार्यक्रम एकेडेमीका संस्थापक भरत यादवको सभापतित्वमा तथा सगरमाथा आवासीय स्कुलका अध्यक्ष तिलक कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा एनसिएफका प्रबन्धक संजीत मण्डल, आशिष सामाजिक सेवा नेपालकी सिंगिता नेपाली, बाल क्ल्यान समाजका सुन्दर श्याम राय, सगरमाथा स्कुल मलंगवाका प्रध्यापक जोसेफ नेरेश, लोरेन्स क्षेत्री, तथा पत्रकार राजिव साहको उपस्थिति रहेको थियो।




