२ पुष २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनमत पार्टीका उदयपुर इन्चार्ज सहितका केन्द्रीय सदस्यहरू आजपामा प्रवेश गरे – Nigrani Today
ताजा खबर

जनमत पार्टीका उदयपुर इन्चार्ज सहितका केन्द्रीय सदस्यहरू आजपामा प्रवेश गरे

काठमाडौं, २ पुस ।जनमत पार्टीका केन्द्रीय सदस्यहरु विक्रमबहादुर बम, उदयपुर जिल्ला इन्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारी सहितका नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

आजपाको काठमाडौं, कोटेश्वर स्थित पार्टी कार्यालय केन्द्रीय कार्यालयमा आज (बुधबार) आयोजित एक कार्यक्रमका बीच नेताहरु आजपामा प्रवेश गरेका हुन् ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टी प्रवेश गर्ने नेतालाई टिका, खादा लगाई पार्टीमा स्वागत गर्दै सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

जनमत पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने नेताहरुले जनमतले मुलुकको नेतृत्व गर्दै नेपाली जनताको आवश्यक्ता, चाहना पुरा गर्न नसक्ने भएकाले आफूहरुले आजपामा प्रवेश गरेको जनाएका छन् ।

आजपाले लिएको रणनीति, उठाउदै आएको मुद्धाले मुलुक र नेपाली जनताको पक्षमा रहेको र आजपाले मुलुकको नेतृत्व गर्दै समृद्धिको स्पष्ट खाका सहित अगाडी बढेकाले आजपामा प्रवेश गरेको जनाएका छन् । आजपाको नेतृत्व, नीति, विचार नै अहिलेको आवश्यक्ता भएकाले अन्य नेतालाई समेत उनीहरुले आजपामा गोलबद्ध हुन आह्वान गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button