११ पुष २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लागूऔषध मुद्दाका फरार कैदी हरिवनबाट नियन्त्रणमा – Nigrani Today
ताजा खबर

लागूऔषध मुद्दाका फरार कैदी हरिवनबाट नियन्त्रणमा

लागूऔषध मुद्दामा पाँच वर्ष कैद सजाय भोगिरहेका फरार कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। सिन्धुली कारागारबाट लागूऔषध मुद्दामा सजाय काटिरहेको क्रममा जेनजी आन्दोलनका बेला फरार भएका सर्लाहीको हरिवन नगरपालिका–३ डाबरी निवासी प्रेमलाल थिङका छोरा करिब ३० वर्षका बिमल भन्ने बिरेन थिङ लुकीछिपी आफ्नै घरक्षेत्र डाबरीमा बसिरहेको भन्ने विशेष सूचनाको आधारमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिई डाबरी क्षेत्रबाट फरार कैदी थिङलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीमा ल्याई राखिएको प्रहरीले जनाएको छ।

फरार कैदीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button