२५ माघ २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा सम्पन्न प्रथम न्यू विश्वम्भर गोल्ड कपको उपाधि एभरेस्ट युवा क्लबलाई – Nigrani Today
खेलकुदताजा खबरसमाचारस्थानीय

ईश्वरपुरमा सम्पन्न प्रथम न्यू विश्वम्भर गोल्ड कपको उपाधि एभरेस्ट युवा क्लबलाई

सर्लाहीको ईश्वरपुर नगरपालिका–७ मा जारी प्रथम न्यू विश्वम्भर गोल्ड कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि एभरेस्ट युवा क्लब लालबन्दीले उचालेको छ ।
न्यू विश्वम्भर युवा क्लबको आयोजनामा तथा सुनिता श्रेष्ठ आचार्यको सहयोगमा धनपट्टीडाँडाको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
आज सम्पन्न फाइनल खेलमा एभरेस्ट युवा क्लब लालबन्दीले अलटोकी युवा क्लब रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । एभरेस्ट युवा क्लब र अलटोकी युवा क्लबबीच निकै कडा प्रतिस्पर्धा भएको थियो ।


प्रतियोगितामा प्रथम हुने एभरेस्ट युवा क्लबलाई १ लाख १ हजार रुपैयाँको चेकसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै दोस्रो हुने अलटोकी युवा क्लबलाई ५० हजार रुपैयाँको चेकसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका प्रतिनिधि कौशल किशोर सिंहले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा प्रमुख अतिथि मनोज कुमार आचार्यले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा बारा, रौतहट, पर्सा, महोत्तरी र सर्लाही जिल्लाबाट गरी १२ वटा टोलीको सहभागिता रहेको थियो । प्रथम न्यू विश्वम्भर गोल्ड कप माघ १२ गतेदेखि सुरु भई आज सम्पन्न भएको आयोजक क्लबका अध्यक्ष रञ्जित कुमार सिंहले जानकारी दिनुभयो ।

प्रतियोगिताको म्यान अफ द म्याच अलटोकी युवा क्लवकाअभिषेक चौधरी, बेस्ट डिभेन्स अवार्ड दिनेश चौधरी , बेस्ट किपर अवार्ड एभरेस्ट युवा क्लबका अरुण बल , बेस्ट स्ट्राइकरअनिल मगर , बेस्ट मिट फिलडर अभि लामा,गोल स्कोरल काकु विक र बेस्ट पलेयर रोहित बम्जम हुनु भएको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button