आजपा उम्मेदवार धमलाको पहलमा सिकिस्त विरामीलाई वीर अस्पतालमा उपचार हुँदै

आम जनता पार्टी (आजपा)का नेता एवं रौतहट क्षेत्र नं. ४ का उम्मेदवा ऋषि धमलाले चुनावी प्रचारप्रसारको क्रममा वृन्दावन नगरपालिका–४ मा भेटिएका सिकिस्त विरामी महादेव महराको उद्धार गरी वीर अस्पतालमा उपचार गराएका छन् ।
चुनावी घरदैलोको क्रममा वृन्दावन नगरपालिकामा पुग्दा एक गाउँमा सिकिस्त विरामी र परिवारको रोदन सुनेपछि धमलाले तुरुन्तै आफ्नो निजी पहलमा वीर अस्पतालमा उपचारको व्यवस्था मिलाएका छन् । अहिले ती विरामीको उपचारको लागि उनकी पत्नी केतारी देवी महरा र र छोरा बालकुमार महरा पनि वीर अस्पतालमा छन् ।
उनीहरुले आफूहरु मजदुरी गरेर पेट पाल्ने परिवारको मान्छे भएको कारण उपचार गराउन नसकी घरमै बसेको अवस्थामा धमला भेटिएको र तुरुन्तै उपचारको लागि पहल गरिदिएको भनेर खुशी व्यक्त गरेका छन् । सञ्चारकर्मीसंगको कुराकानीमा बुवाको अवस्था विजोग रहेको देखेपछि धमलाले आफूहरुलाई पहल गरेर काठमाडौंको वीर अस्पतालमा ल्याएको र अहिले बुवाको उपचार सुरु भैसकेको प्रतिक्रिया दिए ।
उनकाअनुसार विगत ७ महिनादेखि बुवाको स्वास्थ्योपचारमा लागिपरेको र पाँच लाखजति खर्च भैसकेको थियो । पैसा नभएपछि बाध्य भएर बुवालाई घरकै आँगनमा राखिएको उनले सुनाए । उनले आफ्नो बुवाको उपचारको लागि पहल गरिदिएको र सबै बन्दोवस्ती गरिदिएको भन्दै धमलालाई भगवान नै मानेको पनि बताए ।
अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, अनियमितताको अन्त्यका लागि आफूले आजपाबाट उम्मेदवारी दिएको बताउदै धमलाले खानेपानी, गुणस्तरीय शिक्षा, रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजपाले विगतदेखी नै सुकुम्बासी समस्या, खानेपानी समस्या, रोजागारी समस्या, मनोमानी कर आतंक बिरुद्ध संघर्ष गर्दै आएको बताउदै यि समस्याहरुको समाधान आफूहरुले नै गर्ने धमलाले जनाएका छन् ।



