१६ फाल्गुन २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
काठमाडौंको समग्र विकासका लागि यस्तो छ आजपा उम्मेदवार खगेश रञ्जितकारको एजेण्डा – Nigrani Today
ताजा खबर

काठमाडौंको समग्र विकासका लागि यस्तो छ आजपा उम्मेदवार खगेश रञ्जितकारको एजेण्डा

काठमाडौं, १६ फागुन । आम जनता पार्टी (आजपा)का नेता एवं काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जित (रञ्जितकार)ले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
खगेशले आज काठमाडौंको हनुमानढोका, बस्तपुर, इटुमबहाल सहित विभिन्न ठाउँमा पुगेर आम मतदातासंग चुनावी गतिविधिका बारेमा छलफल एवं भेटघाट गर्दै यसपटक मोबाइलमा मतदान गर्न अपिल गरेका छन् । काठमाडौं मुलुकको संघीय राजधानी भएकाले यसलाई सबै नेपालीको राजधानीको रुपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

‘धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पौराणिक र प्ररम्परागत कार्यहरुको निरन्तरता र प्रवद्र्धन गर्ने । घरेलु उत्पादनलाई कानुनी मान्यता र प्रभावकारी प्रोत्साहन सहित कर प्रणालीमा सुधार गर्दै करको दर न्यूनीकरण, कर र घुसको अन्त्य गर्दै स्वदेशी उत्पादनमा विशेष जोड गर्ने । निशुल्क शिक्षा र स्वास्थय सुनिश्चित गर्नकै लागि मैले उम्मेदवारी दिएको हो,’ काठमाडौं–८ का उम्मेदवार रञ्जितले भने ।

पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु काठमाडौंबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको रञ्जिले बताए ।

काठमाडौंको समग्र विकासका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

‘स्थिर, सुशासन र विकासका लागि अबकी बार आजपा सरकार । जनउतरदायी लोकतान्त्रिक अभ्यास र सिस्टम सुधार एवं सुशासनका आधार नै मोबाइल छाप हो । दलतन्त्र बिरुद्ध आम जनताको सरकार अहिलेको आवश्यक्ता हो,’ खगेशले भने ।

जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेरा तथा हाईज्याकरलाई पहिचान गरी जेनजीको माग सम्बोधन गर्नका लागि मोबाइल छापमा मतदान गर्न आजपाका उम्मेदवारले अपिल गरेका छन् । उनीहरुले अहिलेको सिस्टममा सुधारका लागि आजपाका उम्मेदवारलाई बिजयी बनाउनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको मतपत्रमा मोबाइलमा मतदान गर्न आम मतदातासंग आग्रह गरेका छन् ।

अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, सरकारपिच्छेको मनोमानी कर आतंक, अनियमितताको अन्त्यका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, खानेपानी लगायतको विकास एवं निशुल्क सेवा लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर मोबाइल छापमा मतदान गर्नुपर्ने रुपन्देही–३ का उम्मेदवार गुप्ताले भने ।

आजपाका उम्मेदवार बिजयी भए र पार्टीको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी लगायतका सम्पूर्ण सेवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता आजपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button