हजारौंको सहभागितामा भक्तपुरमा आजपााको ‘रोड–सो’, मोबाइलमा मतदान गर्न अपिल

भक्तपुर, १६ फागुन । आम जनता पार्टी (आजपा)का नेतृ एवं भक्तपुर–२ का उम्मेदवार देवकुमारी साहले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् । घरदैलो सहित साहले आज भक्तपुरमा ‘रोड–सो’ गरेकी छन् । हजारौंको सहभागितामा बालकोटबाट सुरु भएको रोड–सो भक्तपुरको विभिन्न ठाउँमा पुगेको छ ।
सो क्रममा उनले आम मतदातासंग यसपटक मोबाइल छापमा मतदान गर्न अपिल समेत गरेकी छन् । ‘धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै गर्ने । कर प्रणालीमा सुधार गर्दै करको दर न्यूनीकरण, कर र घुसको अन्त्य गर्दै स्वदेशी उत्पादनमा विशेष जोड गर्ने । निशुल्क शिक्षा र स्वास्थय सुनिश्चित गर्नकै लागि मैले उम्मेदवारी दिएको हो,’ भक्तपुर–२ की उम्मेदवार साहले भनिन् ।
पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु भक्तपुरबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको उनले बताइन् । साथै, भक्तपुरको समग्र विकासका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।
‘स्थिर, सुशासन र विकासका लागि अबकी बार आजपा सरकार । जनउतरदायी लोकतान्त्रिक अभ्यास र सिस्टम सुधार एवं सुशासनका आधार नै मोबाइल छाप हो । दलतन्त्र बिरुद्ध आम जनताको सरकार अहिलेको आवश्यक्ता हो,’ साहले भनिन् ।
जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेरा तथा हाईज्याकरलाई पहिचान गरी जेनजीको माग सम्बोधन गर्नका लागि मोबाइल छापमा मतदान गर्न रोड–सोमा सहभागी आजपाका सहअध्यक्ष तिलक थापामगरले बताए । अहिलेको सिस्टममा सुधारका लागि आजपाका उम्मेदवारलाई बिजयी बनाउनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको मतपत्रमा मोबाइलमा मतदान गर्न आम मतदातासंग उनले आग्रह गरेका छन् ।
अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, सरकारपिच्छेको मनोमानी कर आतंक, अनियमितताको अन्त्यका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, खानेपानी लगायतको विकास एवं निशुल्क सेवा लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर मोबाइल छापमा मतदान गर्नुपर्ने भक्तपुर–२ का उम्मेदवार साहले भने ।
आजपाका उम्मेदवार बिजयी भए र पार्टीको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी लगायतका सम्पूर्ण सेवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता आजपाले घोषणापत्रमा उल्लेख गरेको छ ।



