बालेन शाह विजयी हुने भाकल पुरा भएपछी चन्द्रनगरका युवाले ब्रह्मबाबालाई चढाए ५५ किलो मिठाई
बालेन साह विजयी हुने भाकल पुरा भएपछी चन्द्रनगरका युवाले बोकाको बली दिने

सर्लाही,२४ फागुन । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका युवाहरु ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाएका छन । बालेन साह लगायत सर्लाहीमा रास्वपा उम्मेदवारहरु विजयी भएपछी चन्द्रनगर वडा नं. ३ कोरियाहीटोलका युवाहरुले गाउँको कुल देवता ब्रह्मबाबा मन्दिरमा मिठाई चढाएका हुन ।
निर्वाचनको मिति घोषणा भएपछी कोरीयाहीटोलका युवाहरुले रास्वपाका बरिष्ठ नेता बालेन साह लगायत देशैभरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जितोस भनेर ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई र चमेली माई मन्दिरमा एउटा बोका बली दिने भनेर भाकल गरेका थिए ।

भाकल अनुसार आज मिठाई ब्रह्मबाबालाई चढाइएको र केही दिनमै चमेली माई मन्दिरमा बोकाको बली दिइने चन्द्रनगर वडा नं. ३ का युवा पवन महतोले बताउनुभयो ।
सर्लाहीमाा रास्वपा उम्मेदवार नितिमा कार्की, रविन महतो, नरेन्द्र साह कलवार, डा. अमरेश सिंह, र देशैभरी बालेन लगायत रास्वपा उम्मेदवार जितेपछी आफनो भाकल पुरा भएकोले मिठाई चठाइएको महतोले बताउनुभयो ।

त्यस्तै अर्का युवा विकास कुमार महतोले बालेन साह काठमाडौं महानगरपालिकाका मेयर भएपछी विभिन्न क्षेत्रमा विकास गरेको थियो । देशकै प्रधानमन्त्री बनेपछी सिङ्गो देशमा समृढी र विकास हुने भएपछी आफुहरुले भाकल गरेको जानकारी दिनुभयो ।
यसैगरी अर्का युवा भबिक्षण महतोले अव देशमा परिवर्तन हुने बताउनुभयो आफुहरुले परिवर्तनको लागि भाकल गरेको उहाले बताउनुभयो ।




