
सर्लाही,२४ फागुन । प्रतिनिधिसभा सदस्यमा सर्लाहीको सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएको छ । सर्लाही क्षेत्र नं. १ मा नितिमा भण्डारी कार्की, २ मा रबिन महतो, ३ मा नरेन्द्र साह कलवार र क्षेत्र नं. ४ मा डा. अमरेश कुमार सिंह विजयी हुनु भएको छ ।
सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले ४४ हजार १ सय ८१ मत प्राप्त गरी भारी मतान्तरसहित जिजयी हुनुभएको छ । कार्की आफनो निकटतम प्रतिस्पर्धीभन्दा ३६ हजार ३ सय १० मतान्तरले जित हासिल गर्नुभएको हो ।उहाँको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै क्षेत्र नं. १ मै तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १ सय १, नेपाली कम्युनिस्ट पार्टीका प्रमोद साहले ५ हजार ४ सय ९८, जसपाका रामप्रकाश चौधरीले ३ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको छ ।सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८ सय ७१ मतदाता रहेकोमा ५३ हजार ५ सय २९ मत खसेको निर्वाचन अधिकृत टिका बहादुर थापाले जानकारी दिनुभयो ।
त्यस्तै सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन महतो ४२ हजार हजार ५ सय १२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्र राय यादवलाई पराजित गर्नुभएको छ ।महतो ३३ हजार ९ सय ८९ मतान्तरले जित हासिल गर्नुभएको हो । महतोका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्र राय यादवले ८ हजार ५ सय २३ मत मात्र प्राप्त गर्नुभयो।त्यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका डा. सरोज कुमार यादवले ७ .हजार ३९ मत र राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेदवार राजेन्द्र महमतोले ५ हजार ९ सय ९२ मत मात्र ल्याउनुभयो।सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख २५ हजार ३ सय ११ मतदाता रहेकोमा ७८ हजार २ सय २ मत खसेको मुख्य निर्वाचन अधिकृत थपलियाले जानकारी दिनुभयो ।
यसैगरी सर्लाही क्षेत्र नं. ३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार भारी मतान्तरसहित नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायकाजी श्रेष्ठलाई पराजित गरेको छ । शनिवार राति सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कलवारले ४६ हजार ८ सय ९० मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । कलवारले आफनो निकटतम प्रतिस्पर्धी श्रेष्ठ भन्दा ३३ हजार ५ सय ५२ बढी मत प्राप्त गर्नुभएको हो ।उहाँको निकटम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्रेष्ठले १३ हजार ३ सय ३८ मत मात्र प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेका उम्मदेवार विनोद कुमार खनाल ६ हजार ६ सय २४ मत, नेकपा एमालेका उम्मेदवार हरी प्रसाद उप्रेतीले ५ हजार ७ सय ७६ मत र उज्यालो नेपाल पार्टीका उम्मेदवार त्रिभुवन कुमार सिंहले २ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको छ ।सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ३४ हजार ४ सय १२ मतदाता रहेकोमा ५२ हजार ६ सय ९१ मत खसेको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै प्रतिनिधिसभा सदस्यमा सर्लाही क्षेत्र नं.४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै उम्मेदवार डां अमरेश कुमार सिंह निर्वाचित हुनु भएको छ । सिंहले नेपाली कांग्रेसका सभापती गगन कुमार थापालाई पराजित गर्नुभएको छ । रास्पवापा उम्मेदवार डां सिंह ३५ हजार ६ सय ८८ मत ल्याएर बिजयी हुनुभएको छ । डां सिंहका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापती थापाले भने २२ हजार ८ सय ३१ मत मात्र प्राप्त गर्नुभयो । डां सिंहले नेपाली कांग्रेसका सभापती थापालाई १२ हजार ८ सय ५७ मतान्तरले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३, जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले १५ सय ७२ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रजनिश रायले १४ सय १ मत प्राप्त गुर्नभयो ।



