३ चैत्र २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हावाहुरीले सर्लाहीमा ठूलो क्षति, किसानको मकै र गहुँ बाली नष्ट – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हावाहुरीले सर्लाहीमा ठूलो क्षति, किसानको मकै र गहुँ बाली नष्ट

सर्लाही,३ चैत्र। सर्लाहीमा सोमबार साझ आएको शक्तिशाली हावाहुरीका कारण विभिन्न स्थानमा किसानले लगाएको मकै र गहुँ बालीमा ठूलो क्षति पुगेको छ। अचानक आएको हावाहुरीले खेतमा तयार हुँदै गरेको बाली ढालेर नोक्सानी पुर्‍याएको हो।
चन्द्रनगर क्षेत्रका किसान राम ध्यान ठाकुरको करिब दुई कठ्ठा जमिनमा लगाएको मकै बाली पूर्णरूपमा नष्ट भएको छ। हावाहुरीका कारण मकैका बोट सबै ढलेर उत्पादन हुने आशा समाप्त भएको किसान ठाकुरले बताउनुभयो।


यसैगरी अर्का किसान रामपुकार महतोले करिब सात कठ्ठा जमिनमा लगाएको मकै बालीमध्ये अधिकांश नष्ट भएको जानकारी दिनुभयो। “हावाहुरीले मकै ढालिदियो, अब उत्पादन निकै कम हुने देखिन्छ,” उहाँले दुखेसो पोख्नुभयो।

हावाहुरीका कारण चन्द्रनगर मात्रै नभई ईश्वरपुर, ब्रह्मपुरी लगायत सर्लाहीका विभिन्न स्थानका किसानको सयौं बिग्हाका मकै तथा गहुँ बालीमा पनि क्षति पुगेको स्थानीयले बताएका छन्। खेतमा राम्रोसँग बढ्दै गरेको बाली अचानक आएको हावाहुरीले ढालेपछि किसान चिन्तित बनेका छन्।

प्रारम्भिक अनुमानअनुसार यस हावाहुरीबाट किसानको लाखौँ रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। स्थानीय किसानहरूले सम्बन्धित निकायसँग क्षतिको मूल्याङ्कन गरी राहत तथा सहयोगको माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button