हरिवनमा संचालित निःशुल्क आँखा जाँच शिविरमा १ सय २७ जनाले आँखा जचाए

सर्लाहीको हरिवन नगरपालिकामा संचालित निःशुल्क आँखा जाँच शिविरमा १ सय २७ जनाले आँखा जचाएका छन । हरिवन नगरपालिका र नेपाल नेत्र ज्योती संघ आँखा उपचार केन्द्र सुखेपोखरी, हरिवन, सर्लाहीको संयुक्त आयोजनामा अत्रौली स्वास्थ्य चौकीकम हमन शिविर संचालन गरेको थियो ।
निःशुल्क आँखा जाँच शिविरमा ५४ जना महिला र ७३ जना पुरूषले सेवा लिनु लिएका थिए जसमध्ये ५० जनामा मोतियाविन्दुका रोगी फेला परेको हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो । यसैगरी २४ जनालाई निःशुल्क चश्मा समेत वितरण गरिएएको शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।
यसैगरी बुधवार हरिवन स्वास्थ्य चौकी हरिवन–८ ( प्रसुति टोल ) मा शिविर संचालन हुने भएको छ । त्यस्तै चैत्र २० र २१ गते मोतियाविन्दुका बिरामीहरूलाई आँखा उपचार केन्द्र सुखेपोखरीमा बाल पोषण योजनाको भवनमा गौर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख चौधरीले बताउनुभयो ।



