मौलापुरको सोनरनियामा फेरि अर्को एकीकृत दलित बस्ती निर्माण हुदै, मेयर रिना साहद्वारा भुमी पुजा

रौतहट १८ चैत ।रौतहटको मौलापुर नगरपालिका -९ सोनरनियामा फेरि अर्को एकीकृत दलित बस्ती निर्माण हुदैछ ।
मौलापुरका मेयर रिनाकुमारी साह, उपमेयर नागेन्द्र यादव, वडाध्यक्ष सहित जनप्रतिनिधिहरू एवं स्थानीयको बिशेष सहभागितामा आज भुमि पुजा सहित शिलान्यास कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन ।
यसअघि मर्यादपुर र मौलापुरमा एकीकृत दलित बस्ती निर्माण भइसकेको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहिलो निर्णय अनुसार सोनरनियामा एकीकृत दलित बस्ती निर्माण हुदैछ ।
`मौलापुर नगरपालिकाले आज फेरी अर्को एकीकृत दलित बस्तीको निर्माण शुरू गरेकोछ । ६ करोड़ ८७ लाख लागतको ठेक्का एवं चार करोड़ ३९ लाखको समझौतामा शुरू भएको उक्त आयोजना एक वर्षमा सम्पन्न हुनेछ । सोनरनिया गाऊँमा निर्माण हुने यस आयोजनाबाट झण्डै ३०/४० परिवार लाभान्वित हुनेछ,´ साहले भने ।
पृसा सृष्टि श्रीराम जेभी सर्लाहीले निर्माण गरिरहेको सो एकीकृत दलित बस्ती झन्डै १५ महिना भित्रमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
मेयर साहले एकीकृत दलित बस्ती निर्माण सहित फ्री कर, शिक्षा, स्वास्थ्य लगायतका सेवा निशुल्क दिदै आएकोमा अन्यत्र पनि चर्चाको बिषय बनेको छ ।


