१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शनी – Nigrani Today
ताजा खबरप्रदेश २शिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शनी

सर्लाही, मंसीर १५÷एक जना महिला जसलाई छोरा नजन्माएको आरोपमा श्रीमान सँगै परिवारका सदस्यहरुले दैनिक रुपमा कुटपीट, गाली गलौज गर्छन् । यति मात्र होइन, विवाहमा भने जति दाइजो नल्याएको, कुल घरानाको नाक काटेको भन्दै अनेक यातना दिइरहन्छन् जुन यातनाले ती महिला मानसिक रुपमा समेत थिलथिलो हुँदै बाँचिरहेकी हुन्छिन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर सर्लाही जिल्लाको पर्सा गाउँपालिकामा पर्सा बाल क्लवले प्रस्तुत गरेको सडक नाटकको सानो दृष्य हो यो । जसले नेपाली समाजको प्रतिनिधित्व मात्र गर्दैन, नेपाली समाज कतिसम्म निर्दयी छ र आम महिलाहरु कति सम्म पीडा सहेर बाँच्न बाध्य छन् भन्ने कुरा चित्रण गरेको छ ।

पर्सा गाउँपालिका वडा नं. ५ स्थित स्थानीय बजारमा प्रदर्शन गरिएको नाटकमा दाइजो प्रथा, छोरा छोरी माथि विभेद, बालविवाह जस्ता कुप्रथाले समाजलाई पछाडि धकेलिरहेकोले यस प्रकारका कुरितीहरु बन्द गर्नु पर्ने सन्देश सडक नाटक मार्फत प्रवाह गरेको कुरा बाल क्लवका अध्यक्ष अन्जली कुमारी साहले जानकारी दिनुभयो ।

नाटक प्रदर्शनी पश्चात आयोजित कार्यक्रममा बोल्नु हुँदै पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले सामाजिक विकृती र बिसंगती विरुद्ध बालबालिकाहरुले सडक नाटकका माध्यमद्वारा गतिलो सन्देश प्रवाह गरेको कुरा बताउनुभयो । “सानो उमेरमा आफ्नो छोरा छोरीको विवाह गरिदिने, छोराको आशामा धेरै सन्तान जन्माउने प्रचलन हाम्रो समाजमा कायमै रहेको छ ।” अध्यक्ष रायले भन्नुभयो “यस्ता विभेदकारी प्रचलनहरु बन्द हुनु पर्छ, बालबालिकालाई विद्यालय पठाएर सक्षम नागरिक तयार गर्न परिवार, समाजले भूमिका खेल्नु पर्छ ।”

बाल क्लवकै सदस्यहरुले तयार गरेको नाटकमा बाल क्लवका सदस्यहरु पिंकी कुमारी शर्मा, अन्जली कुमारी साह, नेहा कुमारी साह, निभा कुमारी यादव, ममता कुमारी यादव, मोहन कुमार साह, रोशन कुमार महतो, रवि कुमार ठाकुर, पप्पु कुमार ठाकुर, विष्णु कुमार शर्मा आदिले अभिनय गर्नुभएको थियो ।

बागमती सेवा समाज नेपाल र वल्र्डभिजन इन्टरनेशनलद्वारा संचालित बाल स्पोन्सरशिप परियोजनाको प्राविधिक सहयोग तथा पर्सा बाल क्लवको आयोजनामा प्रदर्शन गरिएको उक्त सडक नाटक प्रस्तुतिमा ४ सय भन्दा बढी स्थानीय बासिन्दाको सहभागिता रहेको कुरा संस्थाका सामुदायिक परिचालक नवल किसोर साहले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.