१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बालबालिकालाई ज्याकेट र जुत्ता वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बालबालिकालाई ज्याकेट र जुत्ता वितरण

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले हरिपुर २ मा रहेको जनकल्याण प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई ज्याकेट र जुत्ता वितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले एक कार्यक्रमको बीच बिहिवार गृह मन्त्रालय विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले उपलब्ध गराएको १५० थान जुत्ता र १५० थान ज्याकेट विद्यालयका विद्यार्थीलाई वितरण गरिएको हो।

कार्यक्रम हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पंजियार, उपप्रमुख निलमदेवी राय, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, हरिपुर ६ वडाध्यक्ष प्रेमहरि श्रेष्ठ , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक बलराम प्रसाई ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विजय कुँवर , शिक्षा शाखा हरिपुरका प्रमुख नागेश्वर रायलगायतको सहभागीता रहेको थियोे । गृहले उपलब्ध गराएको न्ययानो कपडा यस भन्दा अघि जिल्ला तीन स्थानमा वितरण गरेको बाएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.