१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
अन्धविश्वाश तथा कुप्रथाको न्यूनीकरणमा महिलाको भुमिका अपरिहार्य छ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

अन्धविश्वाश तथा कुप्रथाको न्यूनीकरणमा महिलाको भुमिका अपरिहार्य छ

प्रेमनाथ पौडेल
सर्लाही,२६ साउन । समाजमा बिधमान परम्परागत कुप्रथाको न्युनिकरण र अन्तको लागि धार्मिक गुरु र महिला संजालको भुमिका महत्वपुर्ण रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।शुक्रबार सर्लाहीको लालबन्दीमा आयोजित परम्परागत हानिकारक अभ्यास न्यूनीकरणका लागि भएको जिल्ला स्तरिय राष्ट्रिय अन्तरधार्मिक संजाल सर्लाही निरन नेपालको आयोजना तथा वर्ल्ड भिजन नेपालको प्राबिधिक सहयोगमा भएको अन्तरक्रिया तथा बैठकका सहभागिहरुले यस्तो धारणा राखेका हुन ।

राज्यले छोरा छोरीको बिबाह बिस बर्ष पुरागरी सके पछि मात्रै गर्न पाउने त्यो भन्दा कम उमेरमा बिबाह गरेमा बालबिबाह अन्तरगत कानुनि कार्बाहीको दायरामा ल्याइने निति कार्यक्रम लागु गरे पनि ग्रामिण र अतिबिपन्न परिवारमा ब्यबहारिक रुपमा अझै लागु हुन र बालबिबाह जस्तो अन्ध बिश्वास र कुप्रधाको अन्त हुन नसकेको अबस्थामा यस्ता कामको रोकथाम र न्यूनीकरणमा धर्म गुरु र महिलाको भुमिका महत्वपुर्ण रहने कार्यक्रमका सहभागीहरुको भनाई रहेको थियो ।राज्यले बिबाहवारी गर्न रोक र बन्देज लगाए पनि धर्म हुन्छ त कतै बढी दाईजो दिनु पर्छ भन्ने सोचले ग्रामीण भेगमा अझै पनि लुकी छिपी बिबाह हुने गरेको पाईएको छ ।

समाजमा रहेका यस्ता बिधमान कुप्रथा र अन्धबिश्वाशको अन्त गर्न धार्मिक गुरु अनि उनीहरुलाई परिचालन गर्न आफ्नै घरबाट शुरुवात गर्न सके मात्रै परम्परागत रुपमा चल्दै आएको हानिकारक बालबिबाह जस्ता कार्यको न्यूनीकरण गर्न सकिने महिला अन्तरधार्र्मीक संजालले आयोजना गरेको अन्तरक्रियामा सहभागी महिलाहरुले धारणा राखेका हुन ।संजालकी अध्यक्ष लक्ष्मी पासवानको अध्यक्षता मा भएको कार्यक्रमको स्वागत तथा उदेश्यको बारेमा निरन नेपालका आशिष चौधरीले प्रष्ट पार्नु भएको थियो ।

निरन नेपालले संजाल गठन गर्नुको साथै बिगत अढाई बर्ष देखि जिल्लाका पर्सा गाउँपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका भित्र रहेका अतिबिपन्न परिवारका बालबालिका हरुमा कुपोषण बाट हुन नदिन उनीहरुको आयआर्जन जिबिको पार्जनका साथै उनि हरुको सामाजिक सुरक्षा लगायतमा वृद्धी विकाश गराउने काम गर्नुको साथै रुपान्तरणको लागि बचत कार्यक्रम संचालन गर्दै आएको संस्थाले जनाएको छ ।यस्तै मोरल भ्यालु परियोजन अन्तर्गत मानसिक स्वास्थ्य सम्वन्धि तालिम महिला संजाललाई परम्परा हानिकारक अभ्यास न्युनिकरणका लागि परिचालन जस्ता काम गर्दै आएको छ ।

कार्यक्रम विभिन्न धर्मगुरुहरुको प्रयासबाट गरिएको निरन नेपालका आशिष चौधरिले जानकारि दिनु भयो ।कार्यक्रममा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रका कार्यक्रम अधिकृत सुप्रभा पौडेल लगायत बिभिन्न ब्याक्तीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.