१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रदेश २ मा नेकपा समाजवादी पार्टीका पक्षमा १३ सांसदलाई निर्वाचन आयोगले दियो मान्यता – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

प्रदेश २ मा नेकपा समाजवादी पार्टीका पक्षमा १३ सांसदलाई निर्वाचन आयोगले दियो मान्यता

धनुषा,२५ भदाै ।नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा प्रदेश २ प्रदेशसभाका १३ सांसदले गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएको छ । शुक्रबार आयोगले प्रदेश २ प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित १३ सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश तथा प्रचलित कानुन अनुसार नयाँ दलको सांसदको रुपमा मान्यता दिएको हो ।

आयोगका अनुसार प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, मदन सेन प्रसाद श्रीवास्तव, प्रमोदकुमार यादव, बेची लुंगेली, नागेन्द्र राय यादव, मन्जुकुमारी यादव, शत्रुधन महतो, रविन्द्र बैठा धोबी, अशोककुमार यादप, हसिमा खातुन, सुन्दरबहादुर विश्वकर्मा, सिता गुरुङ र डिल्लीप्रसाद उप्रेतीले नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा मान्यता पाएका हुन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत नेकपा एमाले र जसपा नेपाल एकसाथ विभाजित भएपछि आयोगले दुवै दलका प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गते अपराह्न ५ बजेसम्म नयाँ दल रोज्न समय तोकेको थियो । सो अवधिभित्र आयोगको कार्यालय पुगेर सनाखत गराएका प्रदेशसभा सदस्यहरूका बारेमा आयोगले शुक्रबार औपचारिक निर्णय गर्दै सनाखत गरेको आधारमा नयाँ दलको सांसदको रुपमा मान्यता दिएको हो । याे समाचार रातोपाटी अनलाइनमा प्रकाशित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.