२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पालिकाको प्रमुख उपप्रमुख÷ अध्यक्ष उपाध्यक्षको मत परिणाम – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

पालिकाको प्रमुख उपप्रमुख÷ अध्यक्ष उपाध्यक्षको मत परिणाम

सर्लाही,१ वेठ । सर्लाहीको बलरा नगरपालिकामा माओवादीको अग्रता देखिएको छ । माओवादीबाट नगर प्रमुखमा रामाशंकर प्रसाद कुशवाहाले १७६८ उपप्रमुखले १६६४ मत प्राप्त गर्नुभएको छ । बलरामा लोसपाका नगर प्रमुखका उम्मेदवार अभय कुमार सिंहले १४७४ र उपप्रमुख रागनी देवीले १४७३ मत प्राप्त गर्नुभएको छ ।

बलरामा नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार कौशल किशोर सिंहले भने ११०९ र उपप्रमुखका उम्म्ेदवार किरण देवीवीले १११८ मत प्राप्त गर्नुभएको छ । यस्तै ४ वटा वडा गणना गरेको बलरा नगरपालिकामा १० र ११ नं. वडा माओवादीले जितेको छ भने १ नं. वडा नेपाली कांग्रेस र२ नं. वडा नेकपा एमालले जितेको छ ।

ब्रह्म्पुरी गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामपदार्थ साहले ८६५ मत, उपाध्यक्ष पदका उम्मेदवार श्यामकला देवी यादवले ९४१ मत, लोसपाको तर्फ बाट अध्यक्ष पदका उम्मेदवार बिनोद साहले ४०६ उपाध्यक्ष पदका उम्मेदवार गिता देवीले ४४९ मत र माओवादी बाट अध्यक्ष पदका उम्मेदवार कृष्ण राय यादवले ३०२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साहको अग्रता कायमै रहेको छ । साहले २३३९ मत प्राप्त गरेको छ । अध्यक्ष पदमै माओवादीका उम्मेदवार फकिरा महतोले ११६२ मत प्राप्त गरेको छ । एमालेका उम्मेदवार अजय कुमार सिंहले भने ९२३ मत प्राप्त गरेको छ । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अकली सहनीले २३६१ मत, माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले १०६३ मत र एमालेका उम्मेदवार रमिता कुमारी यादवले ९२० मत प्राप्त गरेकी छन ।

यसैगरी हरिपुर्वा नगरपालिकामा नगर प्रमुख पदका उम्म्ेदवार मध्ये सबैभन्दा बढि नेपाली कांग्रेसका उम्मेदवार बिनोद साहले २०८० , जन्ता समाजवादी पार्टीका उम्मेदवार योग्यनारायण रायले १३६५, मत प्राप्त गरेको छ । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सुमिन्त्रा देवी यादवले १७१७, जन्ता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिता देवी यादवले १३५०, मत प्राप्त गरेकी छन ।
हरिपुर नगरपालिकामा नगर प्रमुखमा माओवादीबाट सुनिल कुमार बुधाथोकीलाई २२६६ मत, नेपाली कांग्रेसका उम्मेदवार गोपाल पंजियारले २१६३ र एकीकृत समाजवादीका उम्मेदवार जमेरुदिन मंसुरले १३१३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उप प्रमुख पदमा एकिकृत समाजवादीका उम्मेदवार शिला कार्कीले २२६५, माओवादीका उम्मेदवार अनिता देवीले २ हजार र नेपाली कांग्रेसका उम्मेदवार निलम देवी राय यादवले १८९० मत प्राप्त गर्नुभएको छ ।

लालबन्दी नगरपालिका ३ नम्बरमा मेयरतर्फ भने सबैभन्दा बढी कांग्रेसका बासुदेव अधिकारीले १८३० मत प्राप्त गरेका छन् भने गठबन्धन अन्तर्गत माओवादीका प्रल्लाद बुढाथोकीले १३६७ मत मात्र पाएको छ। एमालेका गोविन्द महतले १३५० मत ल्याएका छन् । त्यस्तै उपमेयरतर्फ कांग्रेसकी कल्पना पाख्रिनले १७४४, एमालेकी सन्सरी माया थिङले १४३७, मत मात्र पाएका छन् ।
हरिवन मेयरतर्फ भने एमालेका गणेश प्रसाद प्रसाईंले २१३२, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामाले १०४२, माओवादी केन्द्रका कमल बुढाथोकीले १०१० मत प्राप्त गरे । उपमेयरमा भने एमालेकी हरिमाया घलानले २२०३, कांग्रेसकी सोनी कुमारी बम्जनले १४५१, माओवादीकी पद्मा मोक्तानले ८७७ मत प्राप्त गरेकी छिन् ।

यसैगरी मलंगवा नगरपालिकामा मेयरतर्फ भने कांग्रेसका नागेन्द्र प्रसाद रायले २४०२, जसपाका निरसल साहले १२९९ मत प्राप्त गरेका छन् । उपमेयरमा भने कांग्रेसकी सकुन्तला देवीले १४०३, जसपाकी पानो देवीले१९५६ मत प्राप्त गरेकी छिन् ।

बसवरीया गाउँपालिकामा अध्यक्ष पदमा जसपाका उम्मेदवार राम सिहासन रायले १०४४ मत, जसपाकै उपाध्यक्ष उम्मेदवार सरिता कुमारी साहले ९४२ मत र एमालेका अध्यक्ष पदका उम्मेदवार रामविश्वास रायले ३६९ उपाध्यक्ष उम्मेदवार रामपरी यादवले ३३१ मत प्राप्त गरेकी छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.