२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
११ सदस्य कृष्ण प्रणामी जिल्ला सेवा समिति गठन, अध्यक्षमा महतो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

११ सदस्य कृष्ण प्रणामी जिल्ला सेवा समिति गठन, अध्यक्षमा महतो

बरहथवा,२ असोज । सर्लाहीको बरहथवा नगरपालिकामा कृष्ण प्रणामी सेवा समितिको ११ सदस्य जिल्ला सेवा समिति गठन गरिएको छ ।बरहथवा नगरपालिका वडा नं. ५ मा शनिवार राधाकृष्ण प्रणामी मन्दिरको आयोजना तथा नन्दकिशोर सिंहको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला भरी रहेका १० वटा कृष्ण प्रणामी मन्दिरहरुको समुहले भेला भई कृष्ण प्रणामी सेवा समितिको ११ सदस्य जिल्ला समिति गठन गरेको आयोजकले जनाएको छ।

जिल्ला भरीका कृष्ण प्रणामी मन्दिरहरुको भेलाले अध्यक्षमा राम औतार महतो, उपाध्यक्षमा लालबाबु राय, राजकुमार महतो, कोषाध्यक्षमा भवानी भट्टराई, सचिवमा इन्द्र प्रसाद पोखरेल, सह–सचिवमा घनश्याम सिंह, सदस्यहरुमा जोगेन्द्र महतो, जानुका आचार्य, लक्ष्मी गौतम,पुष्पा मैनाली, निर बहादुर कार्की लगायत ११ सदस्य प्रणामी सेवा समिति गठन गरिएको हो ।

सर्लाही जिल्लामा १० वटा श्री कृष्ण प्रणामि मन्दिरहरु भए तापनि हाल सम्म जिल्ला समिति बन्न सकेका थिएन । शनिवार रामअबतार महतोको अधयक्षता तथा सेवासमितिका केन्द्रीय सदस्य रामकृष्ण तिवारि, सुदर्शन सापकोटा, युवापरिषदका केन्द्रीय सदस्य बिष्णु प्रसाद वाग्ले ,मकवानपुर सेवासमितिका निबर्तमान अध्यक्ष अर्जुन प्रसाद वाग्ले लगायत विभिन्न व्यक्तिहरुको संयुक्त पहलमा ११ सदस्य कृष्ण प्रणामी सर्लाही जिल्ला समिति गठन गरिएको आयोजकले जनाएको छ ।

कृष्ण प्रणामी सर्लाही जिल्ला समितिले सनातन हिन्दु धर्मको रक्षा तथा गरिब, असाय, अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या परेको समयमा सेवा तथा सहयोगको भावनाले गठन गरिएको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.