२९ बैशाख २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पुर्व गाउँपालिका अध्यक्ष सवार स्कारपियोको ठक्करले मनोजको मृत्यु,स्थानियले पर्दशन गर्दै – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

पुर्व गाउँपालिका अध्यक्ष सवार स्कारपियोको ठक्करले मनोजको मृत्यु,स्थानियले पर्दशन गर्दै

सर्लाही,३० जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ९ खोरियाटोलमा चन्द्रनगर गाउँपालिकाका पुर्व अध्यक्ष महेद्र महतो सुडी सवार भारतीय स्कारपियोको ठक्कर बाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका वडा नं. २ बस्ने अन्दाजी ४५वर्षिय मनोज महतो रहेका छन ।

महतोको मृत्यु भएपछी स्थानिय तथा मृत्कका आफन्त टायर बालेर चक्काजाम गर्दै प्रदर्शन गरिरहेको छ । प्रदर्शकारीहरुले पुर्व गाउँपालिका अध्यक्षलाई पक्राउ गरी कार्वाही गर, महेन्द्र महतो मुर्दावाद लगायतको नारा लगाउँदै प्रदर्शन गरिरहेको छ ।

चन्द्रनगर गाउँपालिकाका स्थानिय अजय महतोले पुर्व गाउँपालिका अध्यक्ष महेन्द्र महतो सुडी सुनियोजित तरिकाले घटना घटाएको बताउनुभयो । पुर्व अध्यक्ष सुडी र मृत्ककको गाउँ एउटै भएको हुदाँ पुरानो व्यक्तिगत रिसिवीले आफनो दिशा छोडेर मोटरसाइकल भएको दिसामा स्कारपियो ल्याई मनोजलाई ठक्कर दिई हत्या गरेको बताउनुभयो । उहाको अनुसार पुर्व गाउँपालिका अध्यक्ष सुडीलाई कार्र्वाही नगरुनजेल सम्म चक्काजाम हुने बताउनुभयो ।

दुर्घटनाका प्रत्यदर्शी दलेश्वर जैशले यो दुर्घटना नभई दुर्घटना गराएर पुर्व अध्यक्ष सुडीले हत्या गराएको आरोप लगाउनुभयो । प्रत्यक्षदर्शी जैशले अध्यक्ष महेन्द्र महतो सुडी सवार स्कारपियो आफनो दिशा छोडेर मृत्क मनोजले मोटरसाइकल गुडाइरहेको दिशामा आएर ठोक्केपछी ठुलो अवाज आएको बताउनुभयो ।
अर्का प्रत्यक्षदर्शी प्रदिप चौधरीले स्कारपियोले मृत्क सवार मोटरसाइकलाई ठक्कर दिदाँ ठुलो अवाज आएको, घटना स्थलमा पुग्दा मृत्कको तिघ्राको मासु र हाड छुटिएको बताउनुभयो ।

अर्का प्रत्यक्षदर्शी युवा राककैलाश चौधरीले स्कारपियोले मृत्क सवार मोटरसाइकल ठोक्केपछी आफुहरु रुक रुक भन्दा खेरी केही पर गएर पुर्व अध्यक्ष सुडी गाडीबाट झरेको मास हेरेपछी डराएर होला हतार हतार पुःन स्कारपियोमा चढेर फरार भएको बताउभयो ।

आज बयलबास भेल्ही सडक खण्ड अन्तर्गत दक्षिण बाट उत्तर तर्फ बैयलबास जाँदै गरेको मृत्क मनोज सवार ज २ प ६४५२ नम्बरको मोटरसाइकललाई उत्तर दिशाबाट दक्षिण बबरगंज तर्फ जाँदै गरेको पुर्व गाउँपालिका अध्यक्ष सुडी सवार बिआर ३९ पि २४५९ नम्बरको भारतीय स्कारपियोको ठक्करबाट मृत्क मनोज गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते भएका मनोजको उपचारको लगि बर्दिवास लादै गरेको समयमा बाटैमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने स्कारपियो चालक भागेको प्रहरीले खोज तलाश गर्दा बबरगंज स्थित रामजानकी मठ अगाडी स्कारिपियो बेबारिसे अवस्थामा छोडेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक(एसपी) नरेजराज सुवेदीले जनाएको छ ।

फरार व्यक्तिहरुको खोजी कार्य गर्दा स्कारपियो चालकलाई नियन्त्रणमा लिइएको एसपी सुवेदीले बतानुभयो । अहिले स्कारपियो तथा स्कारपियो चालक र मोटरसाइकल ईलाका प्रहरी कार्यालय केशरगंजको नियन्त्रणमा राखिएको र अन्य अनुसन्धान कार्य भैरहेको एसपी सुवेदीले भन्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.