७ माघ २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रौतहटमा जनवर्गीय संगठन सुदृढीकरण तथा परिचालनका लागि विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न  – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

रौतहटमा जनवर्गीय संगठन सुदृढीकरण तथा परिचालनका लागि विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न 

विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न 

प्रदिप कुमार दास, रौतहट ।

भदौँ २४ गते , सोमबार ।

रौतहटको गरुडामा नेकपा एमालेको जनवर्गीय संगठन सुदृढीकरण तथा परिचालनका लागि विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सोमबार गरुडा नगरपालिकास्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित यो अन्तरक्रिया कार्यक्रम पार्टीका जिल्ला उपाध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख रुपेश पटेलको अध्यक्षतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला इन्चार्ज अजय कुमार गुप्ता थिए। गुप्ताले पार्टीका विभिन्न जनवर्गीय संगठनहरुलाई अझै सुदृढ बनाउन र त्यसको परिचालनका लागि निर्देशन प्रदान गरेका थिए। उनले संगठनका बाँकी रहेका अधिवेशन सम्पन्न गर्न, केन्द्रिय कार्यशालामा सहभागीता सुनिश्चित गर्न, र पार्टीसँग सम्बन्धित विभिन्न आवश्यक कागजातहरु उपलब्ध गराउनको लागि विशेष योजना बनाउने निर्णय गरिएको बताए।

त्यस्तै,” रौतहट जिल्ला अध्यक्ष सचितानन्द साहले , सम्पुर्ण जनबर्गिय सङ्ठनको इन्चार्ज उपाध्यक्ष करेड रुपेश पटेल रहेकाले जिल्लामा जनसङ्ठनहरुको समस्या र निर्माण कार्यको लागि उहाँको अहम भुमिका रहने र आवश्यकता अनुसार संगठन निर्माणमा जिल्ला कमिटीले सहयोग गर्ने छ”, भन्नुभयो ।

जिल्ला उपाध्यक्ष रूपेश पटेलका अनुसार यो कार्यक्रमको उद्देश्य संगठनलाई स्थानीयस्तरमा थप मजबुत बनाउनु र पार्टीका नीति, निर्देशनहरु प्रभावकारी रुपमा लागू गर्नु रहेको थियो। उनले भने, “हामी संगठनका बाँकी अधिवेशनहरु सम्पन्न गर्न, केन्द्रिय कार्यशालामा सहभागिता बढाउन र संगठनलाई अझ प्रभावकारी रुपमा परिचालित गर्न नयाँ रणनीतिहरु अघि सार्ने छौं।”

कार्यक्रममा केन्द्रिय लेखा आयोग सदस्य राजकिशोर प्रसाद यादव, पार्टी जिल्ला अध्यक्ष सचितानन्द साह, र सचिव बाबुराम दहालको विशेष आतिथ्यता थियो। साथै, पार्टीमा आबद्ध विभिन्न जनसंगठनका केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्षहरु, र स्थानीयस्तरका नेताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा पार्टीको आगामी योजनाहरु, संगठन सुदृढीकरणका उपायहरु, र जनसंगठनहरुलाई थप प्रभावकारी बनाउनका लागि आवश्यक कदमहरुमा विशेष छलफल गरिएको थियो। पार्टीका नेताहरुले जनसमुदायसँग नजिकको सम्पर्कमा रहँदै संगठनलाई स्थायी आधारमा परिचालित गर्न आवश्यक रहेकोमा जोड दिए।

अन्तरक्रिया कार्यक्रमका क्रममा पार्टीका नेताहरुले संगठनलाई सुदृढीकरण गर्ने विभिन्न उपायहरु प्रस्तुत गरेका थिए, जसमा जनसमुदायका समस्या पहिचान गरी समाधानका लागि तदारुकता देखाउने, जनतामा पार्टीको लोकप्रियता वृद्धि गर्नका लागि विभिन्न जनसम्पर्क अभियानहरु सञ्चालन गर्ने लगायतका प्रस्तावहरु अघि सारिएका थिए।

यस कार्यक्रमले पार्टीलाई स्थानीयस्तरमा अझै सक्रिय, संगठित, र जनसमुदायसँग नजिकको सम्पर्कमा रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ। जिल्लाका सबै नेताहरुले आगामी दिनहरुमा संगठनलाई सुदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्ने वाचा गरेका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button