१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीले पाए कृषि तथा पशुपन्छी विकास मन्त्रालय – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाहीले पाए कृषि तथा पशुपन्छी विकास मन्त्रालय

सर्लाही,२२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा सर्लाहीले पनि एक मन्त्रालय पाएको छ।

मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा सर्लाही क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त हुनुभएको छ।

सर्लाहीमा समाजिक संजालमा क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रमोद साह लाई कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएको र बधाईको ओईरो लागेपनि क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी पाएको छ ।

शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले मन्त्री परिषद्लाई पूर्णता दिएका हुन्।राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकराी दिएको छ।देउवाको नेतृत्वमा असार २९ गते सरकार बनेको थियो।

मन्त्रीहरुको शपथ ग्रहण दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा निर्धारण गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.