१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिभवनमा २८ जना छात्राहरुलाई साईकल बितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिभवनमा २८ जना छात्राहरुलाई साईकल बितरण

लालबन्दी,२२ असोज । सर्लाहीको हरिभवनमा शुक्रवार कक्षा ८ उतिर्ण गरेका २८ जना छात्राहरुलाई साईकल बितरण गरिएको छ । प्रदेश सरकारको बेटि पढाउ, बेटि पचाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई साईकल बितरण गरिएको हो ।

लालबन्दी नगरपालीका ४ स्थित हरिभवनमा रहेको शिशुकल्याण जनता माध्यमिक बिद्यालयको प्रांगणमा आज एक कार्यक्रमका बिच साईकल बितरण भएको सोहि बिद्यालयका शिक्षक श्याम खड्काले जानकारि दिनुभयो ।

वडाध्यक्ष सोमनाथ बरालको अध्यक्षता एवं लालबन्दी नगरप्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको साईकल बितरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका पुर्व–अध्यक्ष सत्यनारायण चौधरि, प्रधानाध्यापक नरहरि धामी सहित वडासदस्यहरु, शिक्षक, बिद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.