१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
आप्रवासी वहुउदेश्य सहकारी संस्थाको पहिलो प्रारम्भिक साधारण सभा सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

आप्रवासी वहुउदेश्य सहकारी संस्थाको पहिलो प्रारम्भिक साधारण सभा सम्पन्न

चन्द्रनगर,१२ कार्तिक । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वडा नं. ७ रहेको आप्रवासी वहुउदेश्य सहकारी संस्था लिमिटेडको पहिलो प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ ।

आप्रवासी वहुउदेश्य सहकारी संस्था लिमिटेडको आयोजना तथा सहकारी संस्थाका अध्यक्ष रामजी साहको अध्यक्षतामा सुरु गरिएको साधारण सभामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, व्यवस्थित र आर्थिक उन्नती के–कसरी गर्ने अगामी दिनमा के कस्ता नितिहरु तथा कार्यक्रम गरिने बारेमा छलफल गरिएको थियो ।

सेयर सदस्य सख्या ३ सय ४० रहेको सहकारी संस्थाको सेयर पुँजी ३४ हजार रहेको छ । प्रारम्भिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथि चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो, विशिष्ट अतिथि सामी हेल्बेटास नेपाल प्रदेश नं. २ संयोजक बिजय ठाकुर, चन्द्रनगर गाउँपालिका सहकारी शाखा प्रमुख हरिकान्त लाल कर्ण, अतिथिहरुमा वडा नं. ७ का वडा अध्यक्ष रामनारायण कुमर, वडा नं. २ का वडा अध्यक्ष रामनारायण महतो, वडा नं. ४ का वडा अध्यक्ष जगदिस साह, विभिन्न पार्टी प्रतिनिधि, समाजसेवी लगायत सेयर सदस्यहरुको उपस्थिति रहेको समाजसेवी शिव सिंहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.