२६ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
प्रदेश प्रहरी प्रमुख रन्जितकारले गरे प्रहरी चौकी पत्थरकोट भवन समुदघाटन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्रदेश प्रहरी प्रमुख रन्जितकारले गरे प्रहरी चौकी पत्थरकोट भवन समुदघाटन

पत्थरकोट,१२ कार्तिक । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको प्रहरी चौकी पत्थरकोटको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख, प्रहरी नायव महानिरीक्षक, उमेश रन्जितकारले समुदघाटन गरेको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरी सर्लाहीको नेपाल प्रहरीको नियमित बजेटबाट पृथ्वी ईन्जिनियर्स एण्ड विल्डर्स प्रा.लि. काठमाण्डौद्वारा निर्मित कार्यालय, ब्यारेक तथा मेश भवनको २ नं. प्रदेश प्रहरी प्रमुख, श्रद्धेय रन्जितकारज्यूद्वारा समुदघाटन गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाईले शुभकामना मन्तव्य राखेका थिए । यसै गरि कार्यक्रमको क्रममा आफ्नो जिवनको ३० वर्ष अमूल्य समय यस संगठनमा समर्पित गर्नु भएका सम्पूर्ण पूर्व प्रहरी कर्मचारीहरूलाई प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक रंजितकारूद्वारा अन्तरक्रिया कार्यक्रम समेत गरिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, लालबन्दी नगरपालिकाका प्रमुख मान बहादुर खड्का, जिल्ला न्यायाधिवक्ता रिद्धिनाथ निरौला, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मीहरु, समुदाय–प्रहरी साझेदारी समितिका पदाधिकारीहरु, स्थानीय तहका पदाधिकारीहरु, जेष्ठ नागरिक तथा नागरिक समाजका पदाधिकारीहरु, समाजसेवी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.