१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा विधायक पदका प्रत्याशी महतोले गरे आजपा प्रवेश – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

सर्लाहीमा विधायक पदका प्रत्याशी महतोले गरे आजपा प्रवेश

सर्लाही । पुराना वामपन्थी नेता तथा विधायक पदका प्रत्याशी सुरेश महतोले आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । महतोलाई आजपा प्रवक्ता चन्द्र भुषण साहले पार्टीमा स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन् ।

सर्लाहीमा महतो जनयुद्धकालिन पुरानो एवं बौद्धिक नेताको रुपमा चिरपरिचित अनुहार हो । वि. सं. २०५६ सालमा जिल्ला कोषाध्यक्षको रुपमा अनेरास्ववियू (क्रान्तिकारी) मार्फत राजनीतिमा सक्रिय महतोले केहि समयमैं संगठनमा सर्लाही-महोत्तरी संयुक्त जिल्ला सेक्रेटरी, सर्लाही जिल्ला अध्यक्ष लगायतका विभिन्न जिम्मेवारीहरु बहन गर्ने अवसर पाएका थिएँ । शिक्षा प्रेमीको छवि समेत बनाएका उनी पछिल्लो समय माओवादी आन्दोलनमा आएको विचलनता र पार्टीको नेतृत्व तहमा गाऊँदेखी केन्द्रसम्म वर्ग सत्रुको हालीमुहालीको खुलेआम विरोध गर्दै आएका पात्र हुन् ।

आजपा प्रवेश गर्दै महतोले, देश र आम जनताको सर्वोपरि हितलाई केन्द्र भागमा राखेर आम विद्रोहको आन्दोलनमा सबै देशभक्तहरु एकाकार हुनैपर्ने अपरिहार्यतालाई जिम्मेवारीबोध गर्दै आफु आजपामा गोलबन्द भएको बताएका छन् ।

‘आजपाको दूरगामी नीति र कुशल नेतृत्वप्रतिको बढ्दो जन अपेक्षा एवं विश्वासले मलाई आजपाको आन्दोलनले आकर्षित गर्यो । अहिलेका राजनीतिक दल र तीनका नेताहरु असफल भइसकेका छन् । मुलुकको शासन सत्तामा आम जनताको नेतृत्व हुनुपर्छ, त्यसका लागि आजपा नै उपयुक्त पार्टी हो । आजपाले नै मुलुकमा विकास र समृद्धको सपना पुरा गर्न सक्छ भन्ने मेरो विश्वास छ’ आजपा प्रवेश गर्दै महतोले भने ।

सोही सन्दर्भमा, ‘देशमा विद्यमान संकटहरुको समाधान गर्न सक्ने वस्तुवादी दृष्टिकोण र २१औं शताब्दीलाई लीड गर्न सक्ने नवीनतम कार्यदिशा र कार्यक्रम पनि हामीसंग छ । तसर्थ, देशलाई सफल बनाउन तथा नेपालको आफ्नै मौलिक पहिचान, सम्मान र श्रेष्ठता चाहने सम्पूर्ण ईमानदार तथा देशभक्त नेपालीहरु आजपामा गोलबन्द हुनुपर्छ’ आजपा प्रवक्ता सीबी साहले बताएका छन् ।

प्रवक्ता साहले, सर्लाहीमा संस्थागत बन्दै गएको लुटखसोट, भ्रष्टाचार, अनियमितता र कुशासनको दुस्चक्रलाई तोड्न तथा सर्वव्यापी स्वेच्छाचारी जंगलराजलाई नियन्त्रण गर्दै आम जनताको शासन सत्ता र लोकतन्त्र प्राप्तिका लागी आजको पार्टी प्रवेश ऐतिहासिक कोसेढुङ्गा सावित हुन सक्ने जिकिर गरे । प्रवक्ता साह र नवप्रवेशी महतो गत निर्वाचनमा एकअर्काको प्रतिस्पर्धीको रुपमा समेत रहेका थिएँ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.