१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पैसा कमाउन र पेट पाल्नको लागि राजनिती गर्ने होइन नगर प्रमुख प्रसाईं – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

पैसा कमाउन र पेट पाल्नको लागि राजनिती गर्ने होइन नगर प्रमुख प्रसाईं

प्रेमनाथ पौडेल
सासापुर,२३ पौष।पैसा कमाउन र पेट पाल्नकै लागि कसैले राजनिती गर्ने नहुने हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईंले बताए ।

नगरपालिकाको वडा नम्बर ४मा रहेको सासापुर स्वास्थ्य चौकीको स्तर्नोती पश्चचात निर्माण हुन लागेको नव निर्मित भवनको सिलन्यास कार्य शुभारम्भ गर्दै नगर प्रमुख प्रसाईंले यस्तो बताए ।

राजनिती कसैले गर्छ भने खुल्ला दिल र त्यागको भावनाले गर्नु पर्छ पैसा कमाउन र पेट पाल्नको लागि कसैले पनि राजनिती नगर्दा हुन्छ राजनिती भनेको समर्पणले गर्ने त्याग गर्ने र सेवा गर्ने अरु चिज हो पैसा कमाउन कमिशन माग्न यति प्रतिशत र त्यति प्रतिशत चाहिन्छ भनेर अध्यक्ष बस्ने समिती बनाउने काम कसैले गर्न नहुने भन्दै निश्पक्ष तरिका बाट काम गर्नु पर्नेमा प्रमुख प्रसाईंले जोड दिए ।

यदि कसैले पैसा माग्ने कमाउने धन्दाले राजनिती गर्छ भने समाजमा त्यो जस्तो नालयक अरु केही नहुने भन्दै आफूले नगरका साना तिना केही योजना बाहेक कुनै पनि योजना टेनडर बाहेक अरु बाट नगर्ने गरेको बताए ।

गत बर्ष नै देश का ७५३स्थानिय निकाय मध्ये ३सय २६स्थानियमा तत्कालिन प्रधानमन्त्री केपि ओलिको सरकारले स्तोरनोती गरे पछि १५शैयाको अस्पताल निर्माण कार्यको लागि टेण्डर लागेको थियो ।

भवन निर्माम गर्न लाई टेन्डर भए पनि जग्गाको बिषयमा कुरा मिल्न नसक्दा निर्माण कार्य अघि बढ्न नसकेको नगर प्रमख प्रसाईंले बताए ।

तर पछिल्लो समयमा स्वास्थ्यचौकी स्थापना कालका जग्गा दाता मध्येका एक स्वर्गीय जहर सिंङ्ग मिक्चनका छोरा मेघबहादुर मिक्चन ,नाति किशोर मिक्चन र माईरानी मिक्चनी माबीले झन्डै ७कठा जग्गा उपलब्ध गराउने सहमती पश्चात् निर्माण कार्यले गति लिएको प्रमुख प्रसाईंले बताउनु हुँदै भवन निर्माणका लागि जग्गा उपलबध गराउने जग्गा दाता लाई धन्यबादको पात्र भएको र नगरकै लागि ठूलो भुल्नै नसक्ने गुण लगाएको बताए ।

९करोड ५६लाखको लागतमा सुबिधा सम्पान्न तीन तल्ले पार्किङ्ग सहितको भवन निर्माण कार्य आउदो ०७९असार मसान्त भित्र सम्पन्न गर्ने गरि काठमाण्डौको ब्राईट कन्ट्रक्सन काठमान्डौले जिम्मा लिएको र काम लाई अघी बढाईएको सासापुर स्वास्थ्य चौकीका इन्चार्ज श्याम बिनोद कुश्बाहले बताए ।

शिलन्यास निर्माण पुजा कार्यमा बौद्द धर्म गुरु लामा पुरोहित बाट मन्त्रोचारण गरि गरिएको कार्यक्रममा नगर उप प्रमुख रेनुका पौडेल ,प्रमुख प्रसासकिय अधिकृत खरुदेब चुडाल ,शिक्षा उप सचिव नवराज निरौला ,स्वास्थ्य शाखा संयोजक शशिकान्त सिंह ,जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स लक्ष्मी श्रेष्ठ ,स्वास्थ्य कर्मी महिला स्वयम् सेबिका ,स्थानिय बुद्धिजीवी पत्रकार लगायतको उपस्थिती रहेको नगरपालिकाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.