१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
आफ्नो जन्मदिनमा फरक क्षमता भएका बालबालिका लाई सहयोग गर्दै कडरियाले मनाईन जन्मदिन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

आफ्नो जन्मदिनमा फरक क्षमता भएका बालबालिका लाई सहयोग गर्दै कडरियाले मनाईन जन्मदिन

प्रेमनाथ पौडेल
हरिवन,२२पौष।नेकपा एमाले सर्लाहीका महिला नेत्री अन्जना कडरियाले आफ्नो जन्मोत्सब अनाथ तथा फरक क्षमता भएका बालबालिका लाई सहयोग गर्दै मनाउनु भएको छ ।

पौष २२गते परेको आफ्नो औ ४० औ बार्षिक जन्मोत्सब को अवसर मा सर्लाही हरिवन नगरपालिका भित्र रहेका बिबिन्न वडा का अनाथ तथा असहाय र शारिरिक तथा बौद्धिक रुप मा अशक्त अपाङ्ग हरु लाई खाध्य सामाग्री र लता कपडा प्रदान गर्दै जन्मोत्सब मनाउनु भएको हो ।

आफू बौद्दिक तथा शारीरिक अपाङ्ग मानव सेवा केन्द्र हरिवन को अध्यक्ष भएको नाता ले पनि अशक्त असक्षम अपाङ्ग हरु संग साथ र सहयोग गरेर आफ्नो जन्मोत्सब मनाउन पाउँदा आफू लाई निकै नै आनन्द्द महसुस भएको नेत्री कडरिया ले बताउनु भयो ।
मानिस हरु धर्म कर्म गर्न मठ मन्दिर धाउछन तर म अलि फरक सोच र चिन्तन बोकेर अघि बढेको ब्यक्ती भएको कारण पनि मढ मन्दिर धाएर होइन अशक्त असहाय र आर्थिक रुप ले बिपन्न र पछाडी पारिएका हरु को सेबा गर्दा भगवान त्यही खुसी हुनु हुने हुदा आफू ले मढ मन्दिर नभएर अनाथ असहाय र शारिरिक तथा बौद्दिक रुप मा अशक्त हरुको सेवा सहयोग गर्ने कार्य मा जुटेको नेत्री कडरिया को भनाई छ ।

देउता खोज्न र धर्म गर्न को लागि अशक्त असहाय को खान नपाएका हरु लाई खाना खुवाउन सके त्यही मन्दिर र देउता पाईन्छ अरु कहि धाउनु पर्दैन भन्नू हुन्छ नेत्री कडरिया ।

विभिन्न संघ संस्था मा आबद्द रहदै सामाजिक क्षेत्रमा कृयाशिल रहनु भएको कडरिया अन्य माहनुभाव लाई पनि आफ्नो जन्मोत्सब भडकिलो रुप मा खर्च गरेर भोज भतेर गरेर मनाउनु भन्दा पनि यस्तै असहाय अनाथ अपाङ्ग बालबालिका को हकहित र उनी हरुलाई सहयोग पुग्ने किसिम ले आर्थिक ,तथा अन्य खाध्य सामाग्री सहयोग गरि मनाउन सबै मा उहाँ ले आग्रह गर्नु भएको छ।

कडरिया बन्धु सेवा समाज सर्लाही कि सल्लाहकार समेत रहनु भएकी कडरिया को बिहिबार परेको जन्मदिन को अवसर मा बौद्दिक तथा शारिरिक अपाङ्ग मानव सेवा केन्द्र का उपाध्यक्ष अनु ढुङ्गेल ,कोषाध्यक्ष अन्जना नेपाल ,सदस्य गंगा रायमाझी भण्डारी समाज सेबि संजिब कर्ण पत्रकार लगायत को टोलि अशक्त अपाङ्ग कै घर मा पुगेर सहयोग प्रदान गर्नुभएको हो ।

यसै बिच नेतृ कडरिया को जन्मदिन युवा संघ सर्लाही ,सक्षम महिला समूह का सदस्य हरु ले पनि एक ठाम जम्मा भएर शुभकामना प्रदान गर्दै जन्मोत्सव मनाएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.