१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रदेश स्तरीय गोष्ठीमा चक्रघट्टा गापा प्रथम, हरिपुर, गोडैता न.पा. क्रमश : दोस्रो, तेस्रो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

प्रदेश स्तरीय गोष्ठीमा चक्रघट्टा गापा प्रथम, हरिपुर, गोडैता न.पा. क्रमश : दोस्रो, तेस्रो

सर्लाही,१२ कार्तिक । प्रदेश नम्बर २ को राजधानी जनकपुरमा भएको स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका प्रथम र हरिपुर नगरपालिका दोस्रो स्थान हासिल गर्न सफल भएको हो ।

पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका उत्कृष्ट कार्य सम्पादन, सेवा प्रवाह र प्रदेश स्तरीय समिक्षामा वार्षिक तथ्यांक र वार्षिक प्रतिवेदनका आधारमा प्रदेशका अन्य पालिकाहरु भन्दा चक्रघट्टा गाउँपालिका र हरिपुर नगरपालिकाले सबभन्दा बढी अंक प्राप्त गरेको हुनाले चक्रघट्ट प्रथम र हरिपुर नगरपालिका दोस्रो स्थान हासिल गर्न सफल भएको चक्रघट्टा गाउँपालिका अध्यक्ष बिक्रम यादव र हरिपुर नगरपालिका प्रमुख जमेरुदिन मंसुरले जानकारी गराएका छन् ।

प्रथम स्थान हासिल गरेका चक्रघट्टा र दोस्रो स्थान हासिल गरेका हरिपुरलाई प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले पालिका चक्रघट्टा अध्यक्ष यादव र हरिपुर नगर प्रमुख मंसुरलाई सम्मानित गरेका हुन् ।

स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा सर्लाहीको चक्रघट्टा गाउँपालिका र सप्तरीको हनुमाननगर नगरपालिकाले प्रथम स्थान हासिल गरेका छन् । भने दोस्रो स्थानमा सर्लाहीकै हरिपुर नगरपालिका र सप्तरीकै कन्चनरुप नगरपालिका रहेको छ । त्यस्तै तेस्रो स्थानमा पुनः सर्लाहीकै गोडैता नगरपालिका र सप्तरीकै बोधे बरसाईन नगरपालिका रहेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयले आयोजना गरेको आ. व. २०७७÷०७८ को सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी शुक्रवार जनकपुरको होटेल सिताशरमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री मा. नवल किशोर साह, जनकपुर उप– महानगरपालिकाका मेयर लालकिशोर साह, प्रदेश २ का पालिका प्रमुखहरु, कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकार समेतको उपस्थिती रहेको हरिपुर नगरपालिकाका स्वास्थ्य शाखा सह– संयोेजक नरेश ठाकुरले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.