१२ मंसिर २०७८, आईतवार
खेलकुदताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्रदेश स्तरिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा झापा र सुनसरीको सहज जित

ईश्वरपुर,१३ कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिकामा २ नं. प्रदेश स्तरिय दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेलमा शनिवार झापा र सुनसरीले सहज जित निकालेको छ ।

वडा नं. ९ रामनगरमा आयोजित २ नं. प्रदेश स्तरिय दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगितामा एपिएफलाई ३–० को सोझो सेटले पराजित गर्दै झापा जित निकालेको छ भने दोश्रो खेलमा धनुषालाई ३–० को सोझो सेटले नै सुनसरी जित निकालेको छ । अब उपाधिको लागि आइतवार झापा र सुनसरी भलिवल प्रतियोगितामा भिडने छन ।

श्री आर्द युवा क्लब रामनगरको आयोजनामा कार्तिक १० गते देखि सुरु गरिएको प्रदेश स्तरिय खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ८१ हजार नगद शिल्ड, मेडल प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई ५१ हजार, शिल्ड, मेडल प्रमाण पत्र वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

१२ टिम सहभागी प्रतियोगितामा बेस्ट क्विकर, बेस्ट लिस्टर, बेस्ट डिफेण्डर, बेस्ट सट्टर, बेस्ट कोचलाई शिल्ड प्रदान गरिने छ भने प्रत्येक दिन ६ टिम खेल खेल्ने छ, जसमध्ये ३ टिमलाई प्रत्येक दिन बिजेता घोषित गरिने समाजसेवी नाथुराम चौधरीले जानकारी दिए ।
प्रदेश नं. २ स्तरिय भलिबल प्रतियोगिता भएपनि प्रदेश नं. १ बाट झापा जिल्ला,प्रदेश नं. २ बाट बारा, सर्लाही, महोत्तरी, सुनसरी, धनुषा,बागमती प्रदेश बाट हेटौडा जिल्ला लगायतको क्लबहरुले प्रतियोगितामा सहभागिता जनाएको आयोजक क्लबका प्रतिनिधि लालबाबु यादबले निगरानी टुडेलाई बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button