१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ग्रामिण सहकारीको २० अैाँ साधरण सभा सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ग्रामिण सहकारीको २० अैाँ साधरण सभा सम्पन्न

प्रेमनाथ पौडेल
नवलपुर, १३ कार्तिक । सर्लाहीको नवलपुरमा रहेको ग्रामिण बचत तथा ऋृण सहकारी संस्थाको २०आँै बार्षिक साधरण सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष सुरेन्द्र बिक्रम कार्कीको अध्यक्षता तथा लालबन्दी नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष पंचलाल स्याङ्ग्बोको प्रमुख आतिथ्यतामा भएको उद्दघाटन सत्रमा सस्थाले संस्थाका २ जना असल ऋृणि ,दुई जना उत्कृष्ट बचतकर्ता लाई गोला प्रथा बाट समय सुचक घडी प्रदान गर्दै पुरस्कृत गरेको छ ।

बि.सं. २०५८ सालमा २६जना शेयर सदस्यको २६ सय रुपैया बाट कारोबार संचालन गरेको सस्थाले २०बर्ष पार गर्दा सेयर सद्स्यमा उल्लेख्यरुपमा बृद्दी गर्दै हाल १हजार४सय ८६जना पुर्याएको नितितथा कार्यक्रम बिधान संशोधन लगायतको कार्यपत्र प्रस्तुत गर्दै संस्थाका सचिब श्यामबाबु कार्कीले जानकारी दिनु भयो ।

यसै बिच सस्थाले आर्थिक बर्ष ०७७÷७८ मा १५करोड ९८ लाख ४१ हजार ६सय७८रुपैयाको कारोबार गरी २० लाख ८ हजार ६ सय १९रुपैया खुद्द मुनाफा गरेको सस्था कोषाध्यक्ष मनोज कुमार अधिकारीले बताउनु भयो ।संस्थाको बन्द सत्रले सस्थाको बिधान संशोधनका साथै आगामी आर्थिक बर्ष ०७८÷७९का निति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

साधरण सभाकाबक्ताहरुले सहकारीको मुल्य मान्यता र अहिलेको बर्तमान विभिन्न प्रबिधी अपनाउदै सहकारी शेयर सदस्यहरुको चाहना लाई परिपुर्ती गर्ने गरि आर्थिक कारोबार पारदर्शी रुपमा राख्नुपर्नेमा जोड दिएका थिए ।संस्थाको शेयर रकम र बचत रकममा पनि बृद्दी गर्दै लैजान सक्नु पर्नेमा बक्ताहरुले जोड दिएका थिए ।

साधरण सभामा नेफुस्कुन हरिवन फिल्ड कार्यालयका प्रमुख महेश बराल ,जिल्लाबचत तथा ऋृण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे लालबन्दी नगरपालिका वडा नेत्रगन्ज महिला बचत तथा ऋृण सहकारीकी अध्यक्ष मन्दिरा चालिसे ,नन्देश्वर महिला बचत तथा ऋृण सहकारीकी अध्यक्ष ओमकुमारी गौतम गोपाल थापा लगायत आ–आफ्नो धारणा राखेका संस्थाका ब्यबस्थापक रोहित भट्टराईले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.