१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बिष्णुका जसपा नेता अरबिन्द सिंह लोसपामा प्रवेश – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

बिष्णुका जसपा नेता अरबिन्द सिंह लोसपामा प्रवेश

सर्लाही १३ कार्तिक। तत्कालीन संघिय समाजवादी पार्टीका बिष्णु गाउँपालिका प्रत्याशी अरबिन्द सिंह उर्फ भिमगज लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।

बिष्णु गा. पा, सर्लाहीको बेलबा बिर सिंहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालद्वारा आयोजित शुभकामना आदान प्रधान एंव पार्टी प्रवेश कार्यक्रममा अरबिन्द सिंह उर्फ भिमगज पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोको हाथबाट सदस्यता लिएका छन्। सिंह तत्कालीन संघिय समाजवादी पार्टीबाट बिष्णु गा पाको अध्यक्ष पदको उम्मेदवार रही निकटतम प्रतिद्वंद्वी रहेका थिए। सिंह गाउँ पालिका अध्यक्षमा झिनो मतले पराजित भएका थिए। हाल सिंह जसपामा रहेका थिए। सिंह सहित करिब १००० को संख्यामा लोसपा प्रवेश गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी अरविन्द सिंहले जसपा आफ्नो मुद्दाबाट भट्किएर सत्ता र भत्तामा रमाईरहेको आरोप लगाउनुभयो।

कार्यक्रम स्थानिय शिव चन्द्र सिंहको अध्यक्षता तथा लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएकोछ। कार्यक्रममा पूर्व मन्त्री चन्दा चौधरी, लोसपा नेता प्रदिप नारायण यादव, संबिधान सभा सदस्य केदार नन्दन चौधरी, प्रदेश सभा सदस्य उपेन्द्र महतो, लोसपा क्षेत्र न ४ का प्रतिनिधि सभा प्रत्याशी राकेश मिश्रा, लोसपाका केन्द्रीय नेता अरूण कुमार सिंह, श्याम बाबू सिंह, लाल बिहारी यादव, राम किशोर सिंह, पार्टी जिल्ला संयोजक एवं कौडेना गा पा अध्यक्ष राम प्रसाद राय, गोडैता न पा प्रमुख देवेन्द्र यादव, ब्रह्मपुरी गा पा अध्यक्ष बिनोद साह, नागेश्वर महतो, उदय किशोर तिवारी, मनिष मिश्रा, अलख प्रसाद सिंह, देवी सिंह, रघुनाथ राउत, दिगेश्वर नायक, महेश पासवान, बेचन महतो, मुकेश ठाकुर, प्रकाश गुप्ता, शिवाजी राउत लगायत लोसपा का नेता र स्थानियहरूको उपस्थित रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.