१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
सहिदनगर नगरपालिकामा साढे ४ लाखको लागतमा हेली प्याड निर्माण हुने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाज

सहिदनगर नगरपालिकामा साढे ४ लाखको लागतमा हेली प्याड निर्माण हुने

धनुषा,१६ कार्तिक । धनुषाको सहिदनगर नगरपालिकामा साढे ४ लाखको लागतमा हेली प्याड निर्माण हुने भएको छ । मंगलवार नगर प्रमुख उदय कुमार बरबरीयाले हेली प्याडको शिलान्यास गरेको छ ।

सहिदनगर नगरपालिका र लाईफ नेपालको संयुक्त लगानीमा बाढिको जोखिम बाट नगरवासीहरुलाई जोगाउनको लागि हेली प्याड निर्माण गर्न लागिएको नगर प्रमुख बरबरीयाले बताए ।

बिगत वर्षहरुमा सहिदनगर,कमला, जनकनन्दनी लगायत धनुषाको अन्य पालिकाहरुमा बाढिको समयमा व्यक्तिहरु बाढीमा फसेको अवस्था थिए र ति व्यक्तिहरुलाई जोगाउन निकै नै समस्या आएको थियो ।

त्यस्तै बाटोघाटोको समस्या पनि निकै नै आउँने भएको हुदाँ पुर्व तयारी स्वरुप हेली प्याड निर्माण कार्य गर्न लागिएको नगर प्रमुख बरबरीयाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

हेली प्याड निर्माण कार्य सम्पन्न भएपछि बाढी बाट आउने समस्या,रेसक्यु गर्ने आउने टिमका लागि हामी सँग सबै स्रोत साधन उपलब्ध हुने नगर प्रमुख बरबरीयको भनाई थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.